फ्रान्सेली पत्रिकामा आतङ्कवादी आक्रमणको विश्वभरबाट भत्र्सना, पेरिसमा सुरक्षा कडा, खोजी कारवाही तिव्र
फ्रान्सको व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोको कार्यालयमा बन्दुकधारीहरूले कालास्निकोभ्स बन्दुक तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा १२ व्यक्तिको मृत्यृ भएको छ । यस लगत्तै सुरक्षा व्यवस्था कडा बनाइएको छ भने विभिन्न ठाउँमा छापा मारेर सम्भावित अपराधीहरुको खोजी भइरहेको छ । यसैबीच, राष्ट्रपति फ्राँस्वा अलोँ तत्कालै पेरिसको उक्त घटनास्थलतर्फ लाग्नुभएको छ । उहाँले यसलाई आतङ्कवादी आक्रमणको रूपमा लिनुभएको छ । राष्ट्रपति अलोँले यसलाई अति बर्बरताको कार्य भएको बताउनुभयो । बन्दुकधारीले १२ व्यक्तिको हत्या गरेको र अल्लाहु अकबर भन्ने नारा लगाएको बताइएको छ । हाल सरकारले पेरिस बृहतर क्षेत्रमा उच्च सतर्कता अपनाएको छ भने राष्ट्रपति अलोँले राष्ट्रिय एकताका लागि आग्रह गर्नुभएको छ । उहाँले हालका सातामा अनेकौँ आतङ्कवादी आक्रमणका प्रयास असफल पारिएको बताउनुभयो । बुधबारको आक्रमण पेरिसमा गत केही दसकमा सबैभन्दा नराम्रो आक्रमण भएको ठानिएको छ । अनुसन्धानसँग नजिकका एक स्रोतले दुई पुरुषले कालास्निकोभ तथा रकेट प्रक्षेपकका साथ पेरिसको मध्य भागमा रहेको उक्त कार्यालयको भवनमा प्रवेश गरेको र सुरक्षाकर्मीसँग उनीहरूको गोली प्रहार भएको बताए । उक्त स्रोतल बन्दुकधारीले एक कार अपहरण गरी भाग्नखोज्दा गरी बटुवालाई ठक्कर दिएको बताए । उनले यस आक्रमणमा दुई प्रहरी अधिकारीको मृत्यु भएको जानकारी दिए । टेलिभिजनमा घटनास्थलमा निकै प्रहरीलाई देखाइएको छ । यसका साथमा गोली लागेका झ्याल तथा मानिसलाई अस्पतालतर्फ लैजाँदै गरिएको पनि देखाइएको छ । प्रहरी स्रोतले ती बन्दुकधारीले आफूले धर्मगुरुको बदला लिएको भनी चिच्याएको प्रहरी स्रोतले बताए । आक्रमणकारीलाई के भयो भन्ने सम्बन्धमा तत्कालै थाहा हुनसकेको छैन । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले ट्विटरमार्फत उक्त कार्यको भत्र्सना गर्नुभएको छ । यस पत्रिकाले सन् २००६ मा धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र पुनः छापेपछि त्यसको आलोचना भएको थियो । उक्त व्यङ्ग्यचित्र डेनमार्कका दैनिक पत्रिका जिलान्डस–पोस्टेनमा पहिलोपटक प्रकाशन भएको थियो । त्यसको मुसलमान विश्वबाट कडा आलोचना भएको थियो । सन् २०११ को नोभेम्बरमा चार्ली हेब्दोको नामबाट धर्मगुरु मोहम्मदको व्यङग्यचित्र प्रकाशन गरेपछि यस संस्थाका कार्यालयहरूमा अग्निबम प्रहार भएको थियो । जातीय विभेदविरुद्ध यस पत्रिकाका विषयमा अदालतमा मुद्दा दायर भए पनि यस साप्ताहिकले निरन्तर रूपमा धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र प्रकाशन गरेको थियो । सन् २०१२ को सेप्टेम्बरमा यस पत्रकाले धर्मगुरु मोहम्मदको नाङ्गो व्यङ्ग्यचित्र प्रकाशन गरेको थियो । अमेरिकामा धर्मगुरु मोहम्मदको आलोचना गर्दै कम बजेटको ‘‘इन्नोसेन्स अफ मुस्लिम्स’’ नामक चलचित्र बनेपछि विभिन्न मुलुकमा हिंसात्मक प्रदर्र्शन भएका थिए । यसपछि विश्वका २० मुसलमान मुलुकमा फ्रान्सको राजदूतावासमा आक्रमण हुनसक्ने आशङ्कमा यस्ता कार्यलय बन्द गरिएका थिए । यस पत्रिकाका सम्पादक हाल प्रहरीको सुरक्षा रहेका छन् र उनीमाथि ज्यानको धम्की दिइएको छ । अमेरिकाले उक्त कार्यको सम्भवत सबै शब्दले भत्र्सना गरेको छ । ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले ह्वाइट हाउसका रहेका सबै उक्त घटनामा मारिएका तथा घाइते भएका व्यक्तिको पक्षमा रहेको बताउनुभयो ।