संविधानसभा फेरि विघटन हुने खतरा रहेको भुसालको दाबी


bhusalनेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले माघ ८ मा संविधान जारी गर्न एकीकृत नेकपा (माओवादी)को इमान्दारिता पर्खिरहेको बताउनुभएको छ । झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीनवटा विकल्प अवलम्बन गर्न नसके संविधानसभा फेरि पनि विघटन हुने धारणा राख्नुभयो । माओवादी र मधेसी दलले इमान्दारिता, सत्तारुढ पार्टी तथा विपक्षी अडानबाट फिर्ता र प्रक्रिया अवलम्बनलगायतका तीनवटा विकल्पमा जान नसके संविधानसभा फेरि विघटन हुन्छ भुसालले भन्नुभयो । संविधान जारी भएपछि आफ्नो स्थान र भूमिका के हुने भन्ने चिन्ताले एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललाई सताएको भुसालले उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?