एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले संविधानसभाभित्रै सङ्घर्ष र आन्दोलनलाई सशक्त तुल्याउने


???????????????????????????????एनेकपा (माओवादी)को नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक गठबन्धन नेपालले प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई सहमतिमा रूपान्तरण गराउन अधिकतम पहल गर्ने निर्णय गरेको छ । एनेकपा (माओवादी) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले संविधानसभा नियमावलीले निर्धारण गरेको संविधान निर्माणको सहमतिको प्रक्रियालाई बेवास्ता गर्न नहुने निष्कर्ष निकालेको छ । बैठकको प्रारम्भमा मोर्चाका संयोजक पुष्पकमल दाहालले विवादित विषयलाई सहमतिमा रूपान्तरण गर्ने क्रममा हालसम्म दलबीच भएका वार्ता, छलफल र प्रगतिबारेमा जानकारी गराउनुभएको थियो । सहमतिको प्रक्रिया विपरीत बल प्रयोग गर्न खोजिए त्यसको संविधानसभाभित्रबाटै सशक्त आन्दोलन र प्रतिवाद गर्ने निर्णयसमेत गठबन्धनले गरेको छ । बैठकपछि समाजवादी जनता पार्टीका अध्यक्ष एवम् गठबन्धन प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिको प्रक्रिया विपरीत नियम निलम्बन गर्ने, संशोधन गर्ने अनि बहुमतका आधारमा संविधान निर्माण गर्न खोजिए त्यसको अधिकतम प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिनुभयो । नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा केशवमान शाक्यले सहमतिको वातावरण बिथोलिँदै गएको निष्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय भएको जानकारी दिनुभयो । सहमतिका लागि संविधानसभाभित्रै पनि सङ्घर्ष र आन्दोलनलाई सशक्त तुल्याएर जबर्जस्ती गरेर संविधानको विषयलाई प्रक्रियामा लगेर टुङ्ग्याउन खोजिए त्यसको कडा प्रतिवाद गर्ने निर्णय भएको उहाँले बताउनुभयो । गठबन्धनमा संविधानसभामा प्रतिनिधित्व गर्ने तेस्रो ठूलो दल एनेकपा माओवादीसहित मधेसी मोर्चा र अन्य सानासमेत १९ वटा राजनीतिक दल आबद्ध रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?