भारतीय अर्थतन्त्रमा असीमित सुधारका लागि प्रधानमन्त्री मोदीको बचन


gujratभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले लामो समयसम्म शासन चलाएको राज्यलाई विश्वका राजनीतिक तथा व्यापारिक नेताहरूलाई देखाउँदै भारतीय अर्थतन्त्रलाई विश्वव्यापी शक्तिगृहको रूपमा परिणत गर्न आफूले वास्तमै असीमित सुधार गर्ने बचनदिनुभएको छ । भारतको गुजरातमा एक प्रमुख लगानी शिखर बैठकमा बोल्दै प्रधानमन्त्री मोदीले कर्मचारीतन्त्रको ढिलासुस्ती घटाउने तथा भारतलाई व्यापार गर्न कठिन स्थानको रूपमा हेर्न अवस्था हटाउने बचन दिनुभयो । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री जोन केरी, संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुन तथा विश्व बैङ्कका अध्यक्ष जिम योङ किम सहभागी हुनुहुन्छ । मे महिनामा भारतीय जनता पार्टीलाई राष्ट्रिय शक्तिको रूपमा स्थापना गर्नुपूर्व मोदी गुजरातका १३ वर्षसम्म मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँले आफ्नो तटीय राज्यलाई आर्थिक रूपमा अगाडि बढाएको कुरामै उहाँको निर्वाचनको आकर्षण रहेको थियो । अमेरिकी विदेशमन्त्री केरी तथा विश्व वैङ्कका अध्यक्ष किमको उपस्थितिले मोदीको स्थानीय सफलतालाई मुलुकभर फैलाउने तथा एसियाको तेस्रो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिलाई अगाडि बढाउन प्रयासलाई समर्थनको रूपमा लिइएको छ । विश्व बैङ्कका अध्यक्ष किमले मोदीको सरकार लाखौँ भारतीय जनतालाई गरिबीबाट बाहिर ल्याउन लागेको अपेक्षा व्यक्त गर्नुभयो । अमेरिकी विदेशमन्त्री केरीले विश्वका दुई ठूलो प्रजातन्त्रले मिलेर ठूलो प्रगति गर्नसक्ने बताउनुभयो । प्रधानमन्त्री मोदीले आफ्नो दक्षिणपन्थी बीजेपी सरकारले यसअघि नै निकै पाइला लिएको बताउनुभयो । उहाँले अझै ठूलो सुधार गर्ने र भारतमा व्यापार गर्न सरल बनाउने बचन दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?