प्रहरीले कुटेर एकजनालाई मारेको भन्दै अनिश्चितकालीन धनुषा बन्दको आह्वान


A security personnel blocks a protest rally at New Baneshworतीस दलीय गठबन्धनद्वारा आह्वान गरिएको मधेस बन्दका क्रममा जनकपुरमा आज एक आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुने महोत्तरी जिल्लाको एकराही घर भई जनकपुर उपमहानगरपालिका वडा नं ४ उत्तिमपुर बस्ने ३० वर्षीय राजाराम झा हुन् । प्रहरीले प्रहार गरेको लात्ती अण्डकोषमा परेपछि झा अचेत भएका थिए । बिहान ११ः४५ तिर जनकपुरको भमरपुरा चोकमा खुलेका पसल बन्द गराउँदै हिँडेकाहरूमाथि प्रहरी जाइ लागेको थियो । प्रहरीले भ्यानमा राखी उपचार गराउन जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको अस्पतालका चिकित्सकहरूले बताएका छन् । मृतक झा एनेकपा (माओवादी)का कार्यकर्ता भएको बुझिएको छ । पेसाले उनी रिक्साचालक हुन् । प्रहरीले झाको मृत्यु कुटाइबाट नभएर हृदयाघातबाट भएको बताएको छ । आन्दोलनकारीले यो घटनालाई लिएर अनिश्चितकालीन धनुषा बन्दको आह्वान गरेका छन् । झाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । आन्दोलनकारीले अस्पताल हाताभित्र नारा जुलुस गरेर प्रहरी कारवाहीप्रति विरोध दर्शाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?