आजको संविधानसभाकोे बैठक माघीका कारण स्थगित
संविधानसभाको माघ १ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ ।संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको राजनीतिक दलका सचेतकको बैठकले भोलिका लागि तय गरेको बैठक माघ २ गते शुक्रबार बिहान १० बजे बस्ने गरी निर्धारण गरेको अध्यक्ष नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । विभिन्न राजनीतिक दल, सभासद् र समुदायले भोलि माघेसङ्क्रान्ति परेकाले भोलिका लागि तय गरेको संविधानसभाको बैठक सार्न सभाध्यक्षलाई आग्रह गर्नुभएको थियो । सो आग्रहका कारण बैठक शुक्रबारका लागि सारिएको हो ।