‘सहमति नभए जेठमा पनि संविधान आउँदैन’– नेता डा भट्टराई


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????एकीकृत नेकपा(माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले दलहरूबीच सहमति नभई प्रक्रियामा गए जेठमा पनि संविधान नआउने बताउनुभएको छ । एमाओवादी नेतृत्वको तीस दलीय मोर्चा, नेकपा–माओवादी र राष्ट्रिय जनजाति आन्दालेन समितिको संयुक्त आयोजनामा भएको नेपाल बन्दको क्रममा बिजुलीबजारमा सभालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रक्रियामा गए १२६ दिन लाग्ने र त्यस अवस्थामा पनि संविधान आउन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले दलहरूबीच सहमति भए माघ ८ भित्र संविधान आउने सम्भावना अझै रहेको जिकिर गर्दै त्यसका लागि सत्तारुढ दल लचक हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “दलहरूबीच निर्वाचन प्रणाली, न्याय प्रणालीमा सहमति भइसकेको छ, शासकीय स्वरूपमा हाम्रो मत थाँती राख्न तयार छौं, तर सङ्घीयतामा सत्तारुढ दल लचक नहुँदा समस्या प¥यो ।” उहाँले २०४७ सालको संविधान ब्युँताउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरू प्रतिरोधमा उत्रने बताउनुभयो । नेकपा–माओवादीका सचिव देव गुरुङले आन्दोलनबाट परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न आन्दोलनलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले भन्नुभयो–“माओवादी, मधेसवादी र जनजातिमा फूट आएको मौका छोपी सत्तारुढ दलले परिवर्तनका एजेण्डालाई धकेल्न खोजिरहेका छन्, हामी मिलेर त्यसको प्रतिरोध गर्नुको विकल्प छैन ।” मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का नेता जितेन्द्र देवले उत्पीडित जाति, जनजाति, क्षेत्र, लिङ्ग, वर्गले अधिकार पाउनुपर्छभन्दा आफूहरूलाई बाँदर भनिएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, “हो हामी बाँदर हुन पनि तयार छौं, रामायणमा राम र भरतको सेना बाँदर थिए, उनीहरूले रावणलाई हराए, हामी परिवर्तन विरोधीलाई हराउँछौं ।” सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले उत्पीडित समुदायले अधिकार पाउनुपर्छभन्दा आफूहरूलाई जातिवादीको आरोप लगाइएको दुःखेसो पोख्नुभयो । संविधानसभाबाट बिजुली बजारमा आन्दोलनकारीको सभालाई सम्वोधन गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता आउँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि अध्यक्ष दाहाल सम्वोधन नगरी बाटैबाट फर्किनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?