विदेशी नागरिकता लिएका नेपालीलाई दोहोरो नागरिकता चाहिन्छ ?


interactionएनआरएनले धेरै भयो दोहोरो नागरिकताको विषयलाई उठाएको। तर, यसको टुंगो लाग्न सकेको छैन। संविधानमा यस विषलाई समेट्ने आश्वासन दिएका दलहरु यतिबेला आफैं लडाईमा व्यस्त छन्। तर, यही मेसोमा अष्ट्रेलियामा भने दाहोरो नागरिकताको विषयमा अन्तरक्रिया आयोजना हुँदैछ। नेपाली संघीय समाज अस्ट्रेलियाले आउदो आइतबार जनवरी २५ मा यस्तो अन्तरक्रिया गर्न लागेको हो। सिड्नीको प्रिन्सेस हाइवेस्थित एभरेष्ट तन्दुरी फंक्सन सेन्टरमा कार्यक्रम गरिनेछ। यसमा गैरआवाशीय नेपालीको माग के हुन्, यसको पक्ष र विपक्षमा रहेका व्यक्तित्वहरुलाई बोल्न दिइनेछ। साथै, सहभागीहरुबाट समेत सुझाव संकलन गरिनेछ। अन्तरक्रिया कार्यक्रम दोहोरो नागरिकताको बिषयमा सिड्नीमा रहेका नेपालीबीच समान धारणा विकास गर्नु रहेको आयोजक संस्था नेपाली संघीय समाजका अध्यक्ष गणेश तामांगले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?