चार्ली हेब्दोविरोधी प्रदर्शनकारीबाट सिड्नीको लकेम्बामा प्रदर्शन
करिब ८ सय व्यक्तिहरु भेला भएर फ्रान्सको व्यंग्य पत्रिका चार्ली हेब्दोको विरोधमा प्रदर्शन गरेका छन् । सिड्नीको लकेम्बा स्टेशन नजिक भेला भएका उनीहरुले विभिन्न प्लेकार्ड बोकेका थिए । अराजक र उत्तेजक नारा लगाउने १० जनालाई त्यहाँबाट प्रहरीले हटाएको थियो भने ५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको उत्तेजक नाराका कारण उनीहरुलाई नै असुरक्षा हुने देखेपछि उनीहको बचाउ गरेको प्रतिक्रिया दियो । प्रदर्शनकारीहरुले मोहम्मदको तस्वीर छाप्नु गलत भएको भन्दै यसका विरुद्ध प्रदर्शन गरेको बताएका छन् । कसैको स्वतन्त्रताका नाममा हाम्रो स्वतन्त्रता र मूल्य मान्यतामा प्रहार गर्न पाइदैन, एक प्रदर्शनकारीको तर्क छ । यस जुलुसको आयोजना हिज्ब उट तहरीरका प्रवक्ता वसिम दुईराहीले भने मोहम्मदका विरुद्ध जहाँकर्ही भएका ज्यादतीको विरुद्ध उभिनु हरेक मुस्लिमको कर्तव्य हो,।