क्रिकेटमा केही गरेर देखाउने सपना पूरा हुँदै, नेपालले विश्वकप क्रिकेट लिग च्याम्पियनशिप खेल्न पाउने


cricket1नेपाली क्रिकेट टोलीका निम्ति खुशीको खबर छ। र यो खुशीको खबर क्रिकेट टोली मात्र होइन, विश्वभर छरिएका नेपाली र देशभित्रका सम्पूर्ण नागरिकका लागि पनि खुशीको समाचार बनेको छ, नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का भएको छ। दुबईमा बसेको आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेपछि देशभर र विश्वभर रहेका नेपालीबीच खुशी छाएको छ। नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा माथिल्लो स्तरका टोलिविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिभिजन १ को हैसियतमा  विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ। शनिबार नामिबियामा सम्पन्न डिभिजन २ मा नेपाल चौथो स्थानमा सीमित भएको थियो। ६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो।

नामिबियाको प्रतियोगिताबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउँछन्। आइसिसीका विकास निर्देशकहरूले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा समावेश गर्ने आइसीसीले जनाएको छ।

आईसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि छनोट गरेपछि नेपाल र केन्याले मौका पाएका हुन्। अफगानिस्तान र आयरल्याण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छैन। उक्त स्थानमा हालै नामिबियामा सम्पन्न डिभिजन टूको तेस्रो केन्या र चौथो नेपाल छनोट भएको छ। अब नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ , जुन दुई वर्षे हुनेछ। यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई९दुई खेल खेल्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?