प्रधानमन्त्री टोनी एबोटको नेतृत्व संकट तत्काललाई टर्यो, ३९ का विरुद्ध ६१ मत


tonyलिबरल पार्टीका सांसदहरुले गरेको मतदानमा ३९ मतका विरुद्ध ६१ मत प्राप्त गरेपछि अष्ट्रेलियन प्रधानमन्त्री टोनी एबोटको सत्ता संकट तत्कालका लागि टरेको छ । यद्यपि अझै यो पूर्ण रुपमा भने समाप्त भएको छैन । यसपछि प्रधानमन्त्री एबोटले एकताको लागि आह्वान गर्नुभएको छ । नेतृत्व परीक्षणमा खरो उत्रिएपछि प्रतिक्रिया दिँदै एबोटले राजनीतिक नेतृत्ववर्गले हरेक दिन परीक्षा दिनुपर्ने बताउनुभयो । यसअघि भएको मतसर्वेक्षणमा एबोट लोकप्रियतामा खस्किएको देखाइएको थियो । उनले मतदाताबाट २४ प्रतिशत मात्रै मत पाएका थिए । अब आफ्नो ध्यान रोजगारी सिर्जना, परिवारको सुरक्षा र बलियो अर्थतन्त्र निर्माणमा केन्द्रित हुने एबोटले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?