इटहरीमा दोस्रो राष्ट्रिय सेपाक ताक्रो खेल प्रतियोगिता सुरु


sopakयुवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडलले नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको भए पनि खेल नीति भने अझै पञ्चायतकालीन नै रहेको बताउनुभएको छ । सेपाक ताक्रो सङ्घ काठमाडौँद्वारा इटहरीमा आयोजित दोस्रो राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले देशमा नयाँनयाँ खेलकुद विकास भएर आए पनि सरकारले अझै पर्याप्त लगानी गर्न नसकेको स्वीकार्नुभयो । राजधानी काठमाडाँै बाहिर १० स्थानमा खेलकुदलाई व्यवस्थितरुपमा विकास गर्ने उद्देश्यका साथ खेलकुद केन्द्र स्थापनाको सम्पूर्ण तयारी गरेर लगानी परिचालन गर्ने योजनासमेत बनाइसकेको उल्लेख गर्नुहुँदै उहाँले सम्पूर्ण खेलको विकासमा लगानी जरुरी रहेको कुरामा जोड दिनुभयो । प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला तथा पुरुष सेपाक ताक्रो खेलाडीको सहभागिता रहेको छ । सेपाक ताक्रो खेलअन्तर्गत पुरुषको टिम इभेन्ट र महिला रेगु इभेन्ट प्रणालीमार्फत खेल हुने रेफ्री अफिसियल रामबहादुर थापाले बताउनुभएको छ । खुट्टा र हातले मात्र खेलिने सेपाक ताक्रो खेलअन्तर्गत उद्घाटन खेलतर्फ पुरुषको मध्यमाञ्चल र पूर्वाञ्चल टिम तथा महिलाको पनि पूर्वाञ्चल महिला तथा मध्यमाञ्चल महिला रेगु इभेन्ट भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?