संविधानसभाबाटै संविधान बन्छ : अध्यक्ष महतो
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लडाइँ, झगडा जे गरेपनि वर्तमान संविधानसभाबाटै संविधान निर्माण हुने बताउनुभएको छ । मधेसी पत्रकार समाज पर्साल आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनताको अधिकारलाई सुनिश्चित गर्न संविधानसभाभित्र रहेको दुई तिहाइलाई सदुपयोग गर्दै संविधानसभाबाटै संविधान निर्माण गराउने बताउनुभएको हो । हाँले संविधानसभामा रहेका काँग्रेस, एमालेले दुई तिहाई दम्भमा संविधान जारी गर्न लागेकाले आन्दोलनको माध्यमबाट जनताको पक्षमा संविधानसभाबाटै सबैको अधिकारलाई सुनिश्चित गर्ने संविधान निर्माणको पक्षमा आफूहरू लागेको उल्लेख गर्नुभयो । सञ्चारकर्मीले राखेको जिज्ञासाको उत्तर दिँदै अध्यक्ष महतोले विजयकुमार गच्छेदारले मधेसी मोर्चा र ३० दलीय मोर्चाको भावना विरुद्ध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाउनुभयो । उहाँले तराईमा मधेस प्रदेश र थरुहट प्रदेशको अवधारणा दुई मोर्चाको भए पनि गच्छेदारले तीन÷चार प्रदेशको कुरा मोर्चाको भावना विपरीत रहेको प्रस्ट पार्नुभयो ।