जर्जर भयो थाईल्याण्डको अर्थतन्त्र, तीन वषकै कम बृद्धिदर


Thailandथाइल्याण्डमा बढ्दो राजनीतिक विवाद एवम् अस्थिरताका कारण आर्थिक वृद्धिदरमा पनि गिरावट आएको बताइएको छ । सन् २०१४ मा आर्थिक मन्दीको यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार त्यस वर्ष थाइल्याण्डको आर्थिक वृद्धि तीन वर्षयतादेखिकै सबैभन्दा कम भएको पाइएको छ । तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको भनिएको छ । यसका कारण त्यहाँको कृषि उत्पादनमा पनि कमीका साथै निर्यातका वस्तुहरूको मूल्यमा कमी आएको बताइएको छ । कुल ग्राहस्र्थ उत्पादनमा कमी आएको र सन् २०१४ मा त्यो ०.७ प्रतिशतमात्र रहेको पनि समाचारमा जनाइएको छ । आर्थिक वृद्धि सन् २०१३ मा २.९ प्रतिशत थियो । थाइल्याण्डको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद्ले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । त्यसैगरी सो विज्ञप्तिमा उक्त विकास दर सन् २०११ पछिकै सबैभन्दा थोरै अर्थात् ०.१ प्रतिशत रहेको छ । त्यस वर्ष बाढी पहिरोका कारण देशमा निकै ठूलो समस्या परेका बेलामा पनि त्यहाँको विकास दर ०.१ रहेको थियो । तर सन् २०१४ मा आएर भने त्यस समयको भन्दा पनि कमजोर अवस्था देशको आर्थिक क्षेत्रको रहेको समाचारमा जनाइएको छ । सन् २०१४ मा थाइल्याण्डमा सैनिक शासन सुरु भएको थियो । त्यसअघि त्यहाँ राजनीतिक अस्थिरता, आन्दोलन एवम् आम हडतालका कार्यक्रम निरन्तर रुपमा भएका थिए । तिनै आन्दोलनका कार्यक्रमका कारण त्यहाँ विदेशी पर्यटक नआएका, प्रत्यक्ष वैदेशिक लगानी पनि नआएको तथा अन्य आर्थिक क्रियाकलापमा पनि गिरावट आएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?