महाशिवरात्रीको चहलपहल, यस्तो छ ट्राफिक प्रहरीको सवारी व्यवस्थापनको मार्गचित्र


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको चापलाई दृष्टिगत गरेर विशेष सवारी व्यवस्थापनको मार्गचित्र सार्वजनिक गरेको छ । शिवरात्रिलाई ध्यानमा राखेर महाशाखाले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशालातर्फ सवारी प्रवेशलाई निषेध गरिएको छ । त्यस्तै, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामपोखरीबाट कुटुवहाल हुँदै मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड हँुदै मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ जाने सडकमा पनि सवारी प्रवेशमा रोक लगाइएको छ । शिवरात्रिमा दर्शनार्थीले सहज रुपमा त्यस क्षेत्रमा प्रवेश पाउन् भनेर सवारी व्यवस्थापनका लागि वरिष्ठ प्रहरी उपरीक्षको नेतृत्वमा महाशाखाले ३०० प्रहरी खटाउने भएको छ । मालबाहक सवारी साधन तीनकुनेबाट सिनामङ्ल, जोरपाटीबाट नारायणटार, नयाँबानेश्वरबाट सिनामङ्गल चल्न रोक लगाइएको छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने यात्रुहरूको सुविधालाई ध्यानमा राखेर महाशाखाले दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकवाहक सवारी साधनका लागि तिलगङ्गामा पार्किङको व्यवस्था गरेको छ । पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई गौशाला प्रहरी प्रभागमा पार्किङको व्यवस्थापन गरिएको छ । पासवाला सवारी साधन, भारतीय दर्शनार्थीका सवारी साधनलाई अमालकोटमा व्यवस्थापन गरिनेछ ।
स्वदेशी तथा विदेशी दर्शनार्थी तथा तीर्थयात्रीका सवारी साधन र सःशुल्क दर्शन गर्ने दर्शनार्थीका सवारी साधन सिफल चौरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गुह्ेश्वरीपारि बौद्ध जोरपाटीतर्फबाट आउने सवारी साधनका लागि पार्किङ व्यवस्थापन गरिन लागेको बताइएको छ । महाशाखाले पार्किङका लागि तोकिएका क्षेत्रमा एकैचोटी चार सयको हाराहारीमा सवारी साधान अट्ने बुझिएको छ । शिवरात्रिका अवसरमा भारतबाट मात्र १०० को हाराहारीमा ठूला यात्रुवाहक बस भोलि बिहानसम्ममा उपत्यका भित्रिने अनुमान गरिएको छ । सवारी साधन व्यवस्थापनका लागि महाशाखाले आज राति ३ बजेबाट जनशक्ति परिचालन गर्ने बताएको छ । पशुपति विकास क्षेत्र कोषले यसपटक क, ख र ग गरी प्याजी, हरियो र निलो पासको व्यवस्था गरको छ । कोषले वितरण गरेको पासका आधारमा महाशाखाले कुन सवारी साधानलाई कहाँसम्म पहुँच दिने भन्ने व्यवस्था मिलाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?