भारतपछि अब श्रीलकङ्काली राष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने


srilankaश्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी मार्चमा चीनको भ्रमण गर्नु लाग्नु भएको छ । सो भ्रमणको क्रममा राष्ट्रपति सिरिसेनाले चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग र अन्य उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने श्रीलङ्काली विदेश मन्त्रालयले मङ्गलगबार जनाएको छ । उहाँ श्रीलङ्काको राष्ट्रपतिमा नियुक्त भएपछिको यो दोस्रो विदेश भ्रमण हुने बताइएको छ । राष्ट्रपतिमा नियुक्तपछि उहाँले भारतको पहिलो भ्रमण गर्नु भएको छ । श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापक्छेको करिब एक दशक लामो शासनपछि सत्तामा आउनुभएका सिरिसेनाले पहिलो भ्रमणका रुपमा भारतको भ्रमण गर्नुभएको हो । विदेश मन्त्रालयका प्रवक्ता सत्या रोद्रिगोले सिन्ह्वा समाचार समितिलाई चिनियाँ सरकारको निमन्त्रणामा सिरिसेनाले आगामी महिना चीनको भ्रमण गर्न लाग्नु भएको जानकारी दिनुभएको छ । सो भ्रमणको क्रममा दुई देशबीच द्विपक्षीय सहयोग सम्बन्ध बढ्नुका साथै विभिन्न मुद्दाहरुमा सम्झौता समेत हुने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?