अविश्वास प्रस्ताव सामना गर्ने अवस्था नरहेपछि बिहारका मुख्यमन्त्री माझीले दिए राजीनामा


biharभारतीय पूर्वी राज्य बिहारका मुख्यमन्त्रीले राजिनामा दिनुभएको समाचार छ । मुख्यमन्त्री जितनराम मन्झीले बिहारको मुख्यमन्त्री पदबाट राजिनामा दिएका छन् । बिहारमा जारी करिब हप्तादिन लामो राजनीतिक विवाद र अस्थिरताकाबीच मुख्यमन्त्री माझीले आजमात्र राजिनामा दिएका हुन् । त्यहाँको राजनीतिक दल भारतीय जनता दल युनाइटेडले उहाँलाई दिएको विश्वासको मतबाट पछि हटेपछि उहाँले आफ्नो सरकारको पक्षमा विश्वासको मत हासिल गर्नुपर्ने थियो । तर सो विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नरहेपछि भने राजीनामाको विकल्प रहेन । बिहार भारतको एक चर्चित राज्य हो । भारतको सबैभन्दा गरिबी बढी भएको भनिएको सो राज्यमा राजनीतिक विवाद बढेको छ । माझीका विरुद्धमा बिहारमा शुक्रबार नै अविश्वासको प्रस्ताव आउने बताइएको थियो । सोही कारण त्यसको सामना गर्नुअगावै राजिनामा दिनुभएको समाचारमा जनाइएको छ । केही समयअघि मात्र नितिश कुमारपछि माझी सत्तामा आएका थिए । पार्टीभित्रको विवादका कारण बिहार राज्यको मुख्यमन्त्रीबाट हट्नु परेका नितिश कुमारलाई पुनः सत्तामा फर्किने बाटो खुलेको बताइएको छ । यो राजिनामाले नितिश कुमारलाई सत्तामा फर्किने बाटो खोल्नुका साथै बिहारमा जारी रहेको राजनीतिक तनाव पनि हटेको छ । नितिशकुमार बिहारमा निकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँ बिहार राज्यको इतिहासमा नै सबैभन्दा धेरै आर्थिक विकास गर्ने नेताका साथै अन्य हिसाबले पनि बिहारको विकासको एक प्रमुख व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । नितिशकुमारका विरुद्ध भारतीय जनता पार्टीले बिहारमा मन्झीलाई समर्थन गरेको थियो । उहाँका विरुद्धको जनता पार्टीको प्रचार लामो समय नटिकेको भारतीय राजनीतिक विश्लेषकहरु बताउछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?