मोदीको १० लाखे सुट ४ करोड ३१ लाख भारुमा बिक्री, प्राप्त रकम गंगा सफाईमा लगाइने


lalajiमहँगो १० लाखे सुट लगाएको भनेर आलोचित बनेका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुटको लीलामी गराएका छन् । उनको सुट गुजरातका एक हिरा व्यापारीले किनेका छन् । धर्मनन्दन डायमण्डस प्राईभेट लिमिटेडका अध्यक्ष लालजी भाई पटेलले किनेपछि भनेका छन्, यो सुटलाई म मेरो अफिसमा राख्नेछु । ताकि यसबाट बिक्रीगरी प्राप्त भएको रकमले गरिएको कामलाई सदैव याद गर्न सकियोस्, पवित्र मानव सेवाको भावना याद आइरहोस् । स्मरणीय छ, मोदीको यो सुटमा सुनौलो रंगमा दामोदर मोदी लेखिएको छ । यो सुट अमेरिकी राष्ट्रपति आएका बेला मोदीले उनलाई हैदराबाद हाउसमा चियाका लागि बोलाउँदा लगाएका थिए । यसको विश्वव्यापी चर्चा भएको थियो । यस सुटको खरिदकर्ता धर्मनन्दन डायमन्टसका लालजी भाई पटेलको कम्पनी भारतसहित, अमेरिका, युरोपका कैयौं देशमा समेत फैलिएको छ । उनका कर्मचारी मात्रै ३८ सय रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?