डार्विनमा लाम र क्विन्सल्याण्डमा मर्सिया चक्रवातको चकचकी, १५ सय घर क्षतिग्रस्त, राहत र उद्धार कार्य तिव्रताका साथ अघि बढ्यो


Rockअष्टे«लियाको क्वीन्सल्यान्डमा आएका मौसमी चक्रवात ‘मार्सिया’ प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । सो राज्यमा यस प्रकोपबाट एकहजार ५०० भन्दा बढी भवनहरु क्षतिग्रस्त हुनुका साथै अन्य हजाराँैं व्यक्ति बिनाविद्युत् बस्नु परेको जनाइएको छ । उत्तरी अष्टे«लियामा शुक्रबार केही घण्टामा नै सो चक्रवातले प्रभावित बनाएको बताइएको छ । डार्वीन पूर्वमा ५०० किलोमिटर टाढा रहेको इल्को द्वीपनजिकै उत्तरी क्षेत्रमा सो मार्सियाले चक्रवातले प्रभाव पारेको जानाइएको छ ।सो चक्रवातबाट १५ सय भन्दा बढी भवनहरुको संरचना क्षतिग्रस्त भएको क्वीन्सल्याण्ड प्रमुखले बताउनु भएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा आएको चक्रवातका कारण मानवीय क्षति नभए पनि भौतिक रुपमा धेरै ठूलो नोक्सानी भएका छ । मौसम विभागका अनुसार पाचौं श्रेणीको मार्सिया चक्रवात आएको हो । यसको पूर्वानुमानलगत्तै सैयौं मानिसहरुलाई तटीय क्षेत्रहरुबाट टाढा सारिएको थियो । यस चक्रवातका कारण कैयौं ठाउँमा विजुली कटौती भएको छ भने जनजीवन प्रभावित बनेको छ । अझै केही दिनसम्म मुसलधारे वर्षात र बाढी आउने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । यसबीचमा बिग्रिएका विजुलीका पोलहरु मर्मत गर्ने सम्भावना न्यून छ । यस चक्रवातका कारण उखुको उत्पादनमा १० प्रतिशतले कमी आउने अनुमान छ भने तटीय क्षेत्रका रेलवे लाईन क्षतिग्रस्त भएका छन् । काइला खानीसम्मको बाटो पनि अबरुद्ध भएको कारण उद्योगहरुलाई कोइलाको अभाव हुनसक्ने बताइएको छ । यसैगरी अर्को चक्रवात लामले नर्थन टेरोटेरीको दुर्गम क्षेत्रमा प्रहार गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?