एसिड आक्रमण गर्ने व्यक्तिको पहिचान गर्न प्रहरी असफल, किशोरीको उपचार जारी


???????????काठमाडौंमा मानवीय संवेदना कहाँ पुगिसक्यो र अपराधीको मनोबल कसरी बढेको छ भन्ने कुरा आइतबार विहानैको एसिड आक्रमणले प्रष्ट पारेको छ । काठमाडौंको मुटु बसन्तपुर र प्रहरी कार्यालय हनुमानढोकाको केही मिटर दूरीमा नै यस्तो घटना भएको छ। ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण गर्ने व्यक्तिको पहिचान गर्न प्रहरी असफल भएको छ। तर, प्रहरीले यस विषयमा अनुसन्धान जारी रहेको प्रतिक्रिया दिएको छ । काठमाडौँ महानगरपालिका–२७ वसन्तपुरमा अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा दुईजना किशोरी घाइते भएका थिए । वसन्तपुरको झाँेछेस्थित ए माइनस प्लस ट्युसन सेन्टरभित्र बसिरहेको अवस्थामा उनीहरुलाई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणबाट रामेछाप खनियाँपानी­८ घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङ्गीता मगर र रौतहट पौराही­१ घर भई सोही स्थानमा बसोबास गर्दै आएकी १५ वर्षीया सीमा बस्नेत घाइते भएका छन् । आक्रमणमा सुश्री मगरको छाती, पेट र खुट्टा पोलेको र बस्नेतको अनुहार जलेको छ । मगरको वीर अस्पताल र बस्नेतको सिनामङ्गलस्थित काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?