फागुन १६ पछि सरकारसँग वार्ता हुने भट्टराईको दाबी, एमाले र काँग्रेसले शान्ति सम्झौताको मर्म भुलेको धारणा सार्वजनिक


CPDCC Meetingएकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले यही फागुन १६ पछि सत्तारुढ दलसँग वार्ता गरिने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले बाह्रबुँदे शान्ति सम्झौतामा उल्लेख भएअनुसार दलित, मधेसी, उत्पीडितको पीडा अन्त्य गरी राज्यलाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुले बृहत् शान्ति सम्झौताको मर्म बुझेका छैनन् ।” नेता डा भट्टराईले संविधान निर्माणमा पुँजीवादी र वामपन्थी शक्तिबीच एकता हुनु जरुरी भएको बताउँदै संविधान बाहिर रहेका नेकपा–माओवादीलगायत दललाई राखेर संविधान निर्माण गर्नुपर्ने औँल्याउनुभयो । साक्षात्कारमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य, पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सहमतिका आधारमा संविधान निर्माण गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?