विना अनुमति फ्रान्समा ड्रोन विमान उडाउने अल जजिराका तीन पत्रकार पेरिसमा पक्राउ


Droneफ्रान्सको राजधानीमा पेरिसमा बुधबार अल जजिराका तीनजना पत्रकार पक्राउ परेका छन् । ती पत्रकार सहरको सीमा क्षेत्रमा पर्ने एक पार्कमा चालकरहित विमान (ड्रोन) उडाएको आरोपमा पक्राउ परेको बताइएको छ । फ्रान्सको एक प्रहरी स्रोतले जनाएअनुसार ती पत्रकारले राजधानी पेरिसको आकासमा बिनाअनुमति ड्रोन उडाएका थिए । उनीहरूले चालकरहित विमान उडाएको मात्र नभई त्यसमा बसेर उक्त पार्कका तस्विरहरू पनि खिचेका बताइएको छ । उक्त ड्रोनमा रहेका तीनमध्ये पहिलो पत्रकारले सो ड्रोन उडाएको, दोस्रोले ड्रोनबाट दृष्य खिचिरहेको र तेस्रो पत्रकार भने हेरिरेहको सो स्रोतले जानकारी दिएको छ । उनीहरूलाई राजधानी पेरिसमा गत दुई दिनयता रहस्यमय रूपमा मानवविहीन विमान देखिन थालेपछि निगरानी गरिएको जनाइएको छ । पेरिसको आकाशमा गएराति पनि यस्ता अज्ञात विमान उडेको जानकारी प्रहरीले दिएका थिए । ती उडानका बारेमा पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ । ती तीन पत्रकार पनि ती घटानमा सम्बन्धित रहेको शङ्कामा पक्राउ गरिएको जनाइएको छ । अल जाजिरामा कार्यरत ती पत्रकारहरूको नाम र राष्ट्रियता भने नदिइएको छैन । फ्रान्सको राजधानी पेरिसमा चालकविहीन विमान उडाउनु कानुनविपरीत मानिन्छ । गत महिना जिहादीहरूले आक्रमण गरी १७ व्यक्तिको हत्या गरेका थिए । चार्ली हेब्दोनामक पत्रिकामा भएको सो आक्रमणबाट प्रधानसम्पादकसहित १२ जनाको हत्या गरिएको थियो । त्यसपछि पनि सहरका विभिन्न भागमा हतियारधारीले आतङ्क मच्चाएका थिए । सो आतङ्कबाट प्रहरीसहित थप पाँचजना मारिएका थिए । त्यसयता यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?