एमाओवादीलाई संविधानसभामा आउन काँग्रेस महामन्त्री सिटौलाको आग्रह
नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकीकृत नेकपा (माओवादी)लाई सडक सङ्घर्ष छाडी संविधानसभामा फर्केर आउन आग्रह गर्नुभएको छ । उहाँले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादीलाई छोडेर संविधान बनाउने पक्षमा नेपाली काँग्रेस नरहेकाले माओवादीलाई संविधानसभामा ल्याएर मात्र संविधान जारी गरिनेछ भन्नुभयो । एमाओवादीलाई संविधान निर्माण कार्यमा ल्याएर नै छाड्ने बताउँदै महामन्त्री सिटौलाले ‘‘पुष्पकमल दाहालले शान्तिको अगुवाइ गर्नुपर्छ, अब बन्दुकको नेता बन्न हुँदैन’’ भन्नुभयो । संविधानसभाबाट सङ्घीयता लोकतन्त्र, गणतन्त्र, समावेशी संविधान निर्माण लागि एमाओवादी संविधानसभामा आउनुको अर्को विकल्प नभएको महामन्त्री सिटौलाले भनाइ थियो । लोकतन्त्रमा जनताको मत नै सर्वपरी भएकाले राजनीतिक दलहरूले जनताका अधिकार खोस्न हुँदैन उहाँले भन्नुभयो ।