मोरङ समाज अष्ट्रेलियाको गठन, तदर्थ समितिको संयोजकमा डा. ज्ञानेन्द्र रेग्मी


मोरङ जिल्ला स्थायी घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले मोरङ समाज गठन गरेका छन् । सिड्नीको एसफिल्ड पार्कमा भएको भेलामा १ सय भन्दा बढीको उपस्थिति थियो . छलफलबाट सर्वसम्मतिले डा. ज्ञानेन्द्र रेग्मीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति बनाएको हो । उपसंयोजकमा तीर्थराज गुरागाईं, सचिवमा सन्दिप खनाल, सहसचिवमा मुकेश रेग्मीलाई चयन गरेको छ । यस्तै कोषाध्यक्षमा रश्मी न्यौपाने लुईंटेल रहनुभएको तथदर्थ समितिका सदस्यहरुमा ईं राजन सिटौला, कुलदिप प्रधान, बेदानन्द पोखरेल, नारायण कटुवाल, विपिन थापा, कृष्ण दाहाल, सन्तोष कोइराला, मोहन थापा, सन्दीप सापकोटा, मनिष रेग्मी, सिजु दाहाल नेपाल, कृष्ण निरौला, अनोज पोखरेल, ईश्वर खनाल, सुरज भुजेल र उमेश साह रहेका छन् । यसअघि आयोजना गरिएको कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले विराटनगरमा निर्माण गर्न लागिएको पाथीभरा श्रद्धाश्रमको निम्ति मोरङवासीले सहयोग गर्ने अपेक्षा गर्नुभयो । यस्तै झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिनेश पोखरेलले मोरङ समाजसँग सहकार्य गरी अघि बढ्न आपूmहरु तयार रहेको धारणा राख्नुभयो । एनआरएन आईसीसी सदस्य निरज श्रेष्ठले नेपाली नेपालीबीचको एकताका निम्ति थालिएका प्रयासहरु सार्थक बनोस् भन्ने कामना गनुृभएको थियो । भेलाका केही तस्वीरहरु

IMG_8193 IMG_8200 IMG_8201 IMG_8204 IMG_8209 IMG_8212 IMG_8214 IMG_8223

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?