अष्ट्रेलियाका धनी महिलाको सूचिमा जमुना गुरुङ तीन कदम माथि, यस वर्ष आठौं स्थानमा
मेलबर्न निवासी जमुना गुरुङ अस्ट्रेलियाको धनी महिलाहरुको सूचीमा तीन स्थान माथि उक्लदै आठौं नम्बरमा पुग्नुभएको छ। गतबर्ष ११ औं स्थानमा रहनुभएकी एनआरएन अध्यक्ष शेष घलेकी श्रीमती जमुनाको सम्पत्ति २ सय ६४ मिलियन डलर (लगभग २० अर्ब रुपैयाँ) रहेको अस्ट्रेलियाको आर्थिक पत्रिका बिजनेश रिम्यूले सार्वजानिक गरेको छ। अघिल्लो वर्ष गुरुङको सम्पत्ती सय मिलियन डलर थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त सूचीमा ३० जना अस्ट्रेलियन धनि महिलाको नाम समावेश छ । आफ्ना पतीसँगै व्यवसायमा सक्रिय गुरुङको मेलबर्न इन्च्टिच्युट अफ, टेक्नोलोजी ९एमआइटी०, होटल, रियल स्टेट लगायका व्यवसायमा लगानी छ । गुरुङले गत वर्ष एमआइटीबाट ६० प्रतिशत भन्दा बढि नाफा कमाएको अस्ट्रेलियन पत्रिकाले जनाएको छ ।
आफ्ना पती घलेसँगै सन् १९९० मा विद्यर्थाीका रुपमा अष्ट्रेलिया आइपुगेकी गुरुङले नेपालमा शिक्षा आर्जन गर्नुभएको हो। लमजुङ स्थायी घर भएका घले दम्पत्तीले यसअघि नेपालमा परोपकरी काम गर्नको लागि १ अर्ब रुपैयाँ लागनी गर्ने घोषणा गर्नुभएको थियो। घले दम्पत्तीको लागनीमा काठमाडौंमा सुविधासम्पन्न पाँच तारे होटल सेराटनको पनि निर्माण भइरहेको छ।