भारतमा डकुमेन्ट्री प्रतिबन्धको बढ्दो विरोध, एनडीटीभीबाट पनि एक घण्टा विरोध


indiasभारतमा बलात्कार गरी हत्या गरिएकी एक युवतीमा आधारित रहेर निर्माण गरिएको एक डकुमेन्ट्री प्रशारणमा भारतीय सरकारले लगाएको प्रतिबन्धको विरोध भएको छ । प्रतिबन्धको विरोध गर्ने क्रममा आइतबार एक भारतीय टेलिभिजन संस्था एन्डीटिभीले पनि प्रशारण रोकेर विरोध गरेको समाचार छ । विवादास्पद डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाएको आरोपमा भारतको राष्ट्रिय प्रशारण संस्था एन्डीटिभीले आइतबार राति ९ देखि १० बजेसम्म एक घन्टाका लागि प्रशारण रोकेको थियो । टेलिभिजनले आइतबार रातिको ९ देखि १० बजेसम्म केही पनि प्रशारण नगरी एउटा बलेको दियोमात्र देखाएर स्क्रीनमा मात्र देखाएको थियो । भारतकी छोरी नाम दिइएको उक्त डकुमेन्ट्रीले भारतमा महिलामाथि थप हिंसा निम्त्याउन सक्ने र महिलाको नै अपमान गरेको निर्णय गर्दै भारत सरकारले प्रतिबन्ध लगाएको हो । उक्त सञ्चारमाध्यमले सो सरकारी निर्णयमाथि कुनै प्रतिक्रिय भने दिएको छैन । तरपनि सो टिभीले उक्त विरोधको कार्यक्रम गर्नुअघि उक्त संस्थाकी समाचार निर्देशक सोनिया सिंहले आफ्नो ट्वीटर अकाउन्टमा लेखेकी छिन्– हामी कराउँदैनौ, बोल्दैनौँ बरु सुन्नेमात्र छौँ । सो डकुमेन्ट्रीमा हाल जेलमा रहेको एकजना बलात्कारीको पनि अन्तरवार्ता राखिएको छ । उसले सो बलात्कारमा मारिएकी पीडित युवतीकै दोष देखाउने प्रयत्न गरेको छ । उसले सो अन्तरवार्तामा ती युवती त्यस्तो रातिमा एक्लै नहिडेको भए हुन्थ्यो भन्दै सोही कारण पनि बलात्कारका लागि वातावरण बनेको प्रतिक्रिया दिएको छ । यसै कारणले पनि उक्त डकुमेन्ट्री देखाउदा त्यसले सार्वजनिक शान्ति र अमन चयनमा खलल पार्नसक्ने भन्दै सरकारले उक्त डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाएको थियो । उक्त डकुमेन्ट्रीको प्रशारणमा भारतीय अदालतले नै प्रतिबन्ध लगाएको बताइएको छ । महिलाको अस्मितामा पनि त्यसले प्रभाव पार्नसक्ने भन्दै त्यसको प्रशारणमा रोक लगाइएको बताइएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि यदि त्यो डकुमेन्ट्री देखाएमा यहाँका महिलाको अपमान हुने धारणा राख्नुभएको छ । उहाँले एकजना बलात्कारीले पीडित युवतीलाई नै दोषारोपण गर्नेगरी दिएको अभिव्यक्तिले महिलाको इज्जत र अधिकारको संरक्षण नहुने धारणाका साथ त्यसमा प्रतिबन्ध लगाउनुपरेको बताउनुभएको छ । तर ती युवतीका बुबाले भने त्यो डकुमेन्ट्री सबैले हेर्नुपर्ने धारणा यसअघि नै सार्वजनिक गरेका छन् । उनले भारतमा महिलामाथि कस्तो व्यवहार हुन्छ भन्ने तीतो सत्य थाहा पाउनका लागि पनि यो डकुमेन्ट्री हेर्नुपर्ने बताएका छन् । सन् २०१२ को डिसेम्बरमा ती युवतीलाई बलात्कार गरिएको थियो । पछि उपचारका क्रममा उनको निधन भएको थियो । बलात्कारीहरुलाई भारतीय अदालतले नै जन्मकैँदको फैसला सुनाएको छ । अहिले उनीहरु जेलमा रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?