नेपाल भारतसँग दुई शून्यले पराजित, दुबै गोल सुनिल क्षेत्रीको
विश्वकप फुटबलको छनोटको प्रारम्भिक चरणमा नेपाल भारतसँग पराजित हुन पुगेको छ । भारतको गुवाहाटी रंगशालामा भएको खेलमा नेपाललाई भारतले २ शून्यको अन्तरमा पारजित गरेको हो । नेपाललाई पराजित गर्न भारतीय फुटबल क्याप्टेन सुनिल क्षेत्रीले दुई गोल गरेका थिए । पहिलो गोल खेलको ५३ औं मिनेटमा र अर्को गोल ७१ औं मिनेटमा उनले गरे । नेपाली मूलका सुनिल क्षेत्रीको गोलको मद्दतबाट भारत जीत दर्ता गर्न सफल भएको छ । यसअघि, आजै मात्र नेपाली फुटबल क्षेत्रमा सुखद खबरको रुपमा आएको थियो । फिफा बरियतामा नेपाल यथास्थानमा रहन सफल भएको थियो भने भारत दुई अंक तल झरेको थियो । भारत १ सय ७३ अंकमा छ भने नेपाल १ सय ८० मै कायम रहेको थियो । तर, यो खुशीमा नेपाली फुटबल खेलाडीले थप खुशी दिने अपेक्षा सफल हुन सकेन ।