छोरीले हानिन् बञ्चरो बाबुआमालाई, बाबुको मृत्यु, आमा घाइते
बागलुङको तित्याङ–८ मा छोरीको बच्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ । चालीस वर्षीय शर्मिला थापाको बञ्चरो प्रहारबाट करिब ८० वर्षीय बाबु पतिराम थापाको घटनास्थलमै मृत्यु भएको हो । आफ्नै छोरीको बञ्चरो प्रहारबाट ७५ वर्षीया आमा जमुना थापा पनि गम्भीर घाइते हुनुभएको छ । घरायसी विवादका कारण छोरीले बाबुआमामाथि बञ्चरो प्रहार गरेको बुझिएको छ । बञ्चरो प्रहार गरी फरार थापालाई प्रहरीले पक्राउ गरेको छ । बिहे नगरी बसेकी थापाको मानसिक सन्तुलन ठीक नभएका कारण औषधि सेवन गरिरहेको स्थानीयवासी टीकाराज पौडेलले बताउनुभएको छ ।