प्रा डा केसी अनशन, वार्ता सहमतिको नजिक, आज सहमतिको सम्भावना


govinda kc copy copyचिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै एघार दिनदेखि अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीका मागबारे सरकारी प्रतिनिधि र डा केसीको टोलीबीच बुधबार अबेरसम्म भएको वार्ता थप सकारात्मक भएको छ । वार्ता सहमतिको नजिक पुगेको तथा बिहीबार बिहान बसेर टुङ्ग्याइने तय भएको सरकारी वार्ता टोलीका सहयोगी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले राससलाई बताउनुभयो । प्रा डा केसीका अधिकांश माग पूरा गर्न सरकारले प्रतिबद्धता जनाइसकेको बुझिएको छ । अबेरसम्म त्रिवि शिक्षण अस्पतालमा भएको वार्तामा सरकारका तर्पmबाट मुख्य सचिव लीलामणि पौड्याल र आयोगका उपाध्यक्ष डा पोखरेल तथा केसीका तर्फबाट डा अञ्जनीकुमार झालगायत चिकित्सक सहभागी हुनुहुन्थ्यो । डा केसीको माग सम्बोधन गर्न सरकारले चिकित्सा शिक्षा अध्ययनअध्यापनसम्बन्धी नीति र कानुन नबनेसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?