दलहरूले न्यूनतम साझा बिन्दु खोजेर सहमतिका आधारमा छिटो संविधान बनाऊन् : राष्ट्रपति
राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चा“डै संविधान जारी होस् भन्ने कामना गर्नुभएको छ । भगवान् महावीरको दुई हजार ६१४औँ जन्मजयन्ती समारोहलाई वीरगञ्जमा बोल्दै भन्नुभयो, “ दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र शान्ति, प्रगति र समृद्धिको मार्गमा अग्रसर होस् भन्ने नेपाली जनताका तर्फबाट कामना गर्न चाहन्छु ।” राष्ट्रपतिले नेपाली जनताको चाहना मुलुकमा शान्ति, स्थायित्व र विकास भएकाले परिवर्तनका संवाहकका रूपमा रहेका राजनीतिक दलले यसलाई उच्च सम्मान गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “ अहिले अलमल गर्ने बेला होइन, नेपालीको त्यो चाहनालाई पूरा गर्नका लागि राजनीतिक दलहरूले न्यूनतम साझा बिन्दु खोजेर एकता र सहमतिका आधारमा मुलुकमा छिटोभन्दा छिटो संविधान बनाऊन्”उहाँले भन्नुभयो, “हामी कोही मधेसी छैनौँ, पहाडी र हिमाली पनि छैनाँै, पहिला हामी सबै नेपाली हौँ, यो सन्देशलाई हामी सबैले बुझ्नुपर्छ ।” उहा“ले जाति, क्षेत्र र पार्टीभन्दा माथि उठेर राष्ट्र र नेपाली जनताको विकास र समृद्धिको बाटामा लाग्न सबैमा आग्रह गर्नुभयो । राष्ट्रपतिले आर्थिक प्रगति र उन्नतिको बाटामा अग्रसर भएका हाम्रा दुई छिमेकी भारत र चीनको बीचमा रहेको अति सुन्दर मुलुक नेपालले पनि आफ्नो विकास र समृद्धिका लागि शान्ति, स्थिरता र सामाजिक सद्भावको बाटामा लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति डा यादवले हिंसा, पशुबलि, जातिपाती भेदभावको बोलवाला रहेको बेला जैनधर्मका प्रवद्र्धक महावीरले सत्य, अहिंसाजस्ता मूलभूत उपदेशका माध्यमबाट दुनियाँलाई सही बाटो देखाउने प्रयास गर्नुभएको उल्लेख गर्दै दर्शन, कला, र साहित्यका धनी जैन संस्कृतिले निष्ठापूर्वक समाज सञ्चालन गर्न मानव मात्रलाई एक महत्वपूर्ण जीवनशैली प्रदान गरेको हामी सबैले अनुभूत गरेका छौँ भन्नुभयो । गौतम बुद्धको जन्मभूमि हुने गौरव हाम्रो देशलाई प्राप्त भएको छ भने छिमेकी राष्ट्र भारतमा जन्मनुभएका महावीरबाट व्यक्त आध्यात्मिक तथा सांस्कृतिक विचारले नेपालीका मनमष्तिकमा अहिंसा, शान्ति र इमान्दारीको गुण भर्न सहयोग पु¥याएको बताउ“दै उहा“ले भन्नुभयो, “वर्गभेद, आर्थिक विषमताजस्ता समस्याले आक्रान्त आजको वातावरणमा भगवान् महावीरका अहिंसा, समता, अनेकान्तजस्ता सिद्धान्तहरूको उज्यालोले विश्वलाई झन् प्रकाशमय बनाएको छ ।” आज मानिसको जीवनबाट संवेदनशीलता हराउ“दै गएको र संवदेनशीलता नभएको मानिसले अर्काको सुख दुःखलाई बुझ्न पनि नसक्ने बताउ“दै उहा“ले भन्नुभयो, “जबसम्म मानिस अर्काको अस्तित्वलाई स्वीकार गर्दैन, सुखदःुख बुझ्दैन र बहुजनको विचारमा सहमत हुँदैन, त्यतिबेलासम्म अहिंसाको पूर्ण पालना भएको मान्न सकिँदैन ।” राष्ट्रपति डा यादवले प्राचीन ऋषि परम्परालाई वर्तमानमा संवाहकका रूपमा प्रस्तुत गर्ने अहिंसा यात्री आचार्य महाश्रमणको नेपाल आगमनले द्वन्द्वपछिको नेपाली जनमानसमा शान्तिको सन्देश फैलाई विकासतर्फ अग्रसर बनाउनमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै सद्भावना, नैतिकता र नशामुक्ति अहिंसा यात्राका यी तीन मूल गुणले मानवजीवनमा करुणा, इमान्दारी र विवेकको विकास र सुविचारको बीजारोपण गर्छ भन्नुभयो । उहा“ले अहिंसा यात्राले भारत–नेपालको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा आचार्य महाश्रमणको नेपाल भ्रमणले आध्यात्मिक पर्यटनका नया“ ढोका पनि खोल्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा आचार्य महाश्रमणले कुनै पनि राष्ट्र र समाजको उन्नति तथा प्रगतिका लागि शान्ति, सद्भाव, अहिंसा र नैतिकता अपरिहार्य भएको हु“दा यस मार्गमा लाग्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा जैन श्वेताम्बर तेरापन्थी सभा वीरगन्जका अध्यक्ष अशोक वैद्यले पनि बोल्नुभएको थियो ।