ट्रान्जिट काठमाडौं, १६ करोडको ११ किलो कोकिन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ केजी लागुऔषध कोकिनसहित मलेसियाली नागरिक मारिना बिन्ती जमालुद्धिनलाई प्रहरीले पक्राउ गरेको छ । राहदानी नम्बर ए ३४८९१३८१ बाहक ३६ वर्षीया जमलुद्धिनलाई काठमाडौँबाट दोहा हुँदै इटालीको रोम लैजान लागेको अवस्थामा शुक्रबार राति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । सो परिणामको कोकिनको अन्तर्राष्ट्रिय बजारमा १६ करोड रुपैयाँभन्दा बढी मूल्य पर्नेे प्रहरीले जनाएको छ । क्यु.आर. ६५१ को उडानद्वारा काठमाडौँबाट दोहा जाने क्रममा उनलाई पाँचवटा ल्यापटप ब्यागमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको कोकिन फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले सोधपुछ गर्दा ल्यापटप नै हो भनेको तर एक्सरे स्क्रिनिङ गर्नेक्रममा शङ्का लागि चेकजाँच गर्दा ५ वटै ब्यागमा ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागुऔषध फेला परेको थियो । यसअघि मलेसिया, दिल्ली हुँदै रोमतर्फ लाने गरेकी जमालुद्धिनले पहिलोपटक नेपालको बाटो प्रयोग गरेकी प्रहरीलाई बताएकी छन् । यसअघि पनि आपूmले मलेसियाबाट भारतको दिल्ली हुँदै धेरैपटक लागुऔषधको ओसारपसार गरे पनि नेपालको बाटो पहिलोपटक प्रयोग गरेको प्रहरीलाई वयान दिएकी छन् । उनले ब्राजिलबाट दोहा, दोहाबाट काठमाडौँ हुँदै इटालीको रोम पु¥याउन उक्त कोकिन ल्याएको खुलाएकी छन् । उक्त लागुऔषध कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रति केजी करिब डेढ करोड रुपैयाँमा कारोवार हुने गरेको प्रहरीले जनाएको छ । जमालुद्धिन गत चैत १ गते मलेसियाबाट ब्राजिल र चैत १४ गत्े दोहा हुँदै काठमाडौँ उडेकी थिइन् । लागुऔषध कोकिन दिने व्यक्तिले सुरक्षाको कारण आफूलाई नेपालको बाटो प्रयोग गर्न लगाएको बताएकी छन् । प्रारम्भिक अनुसन्धानको क्रममा ब्राजिलबाट लागुऔषध लिई उड्दा एक हजार डलर (करिब एक लाख नेपाली रुपैयाँ) पाएको र गन्तव्यमा पु¥याएपछि थप पाँच हजार डलर पाउने उनले बताएकी छन् । काठमाडौँ लाजिम्पाटको एक अपार्टमेन्टमा बस्ने ती महिलाको नेपालमा कुनै लागुऔषध कारोवारीसँग सम्बन्ध नभएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।