म्यानपावरका दलालको घाँटी रेटेर हत्या गरेको आरोपमा पाँच पक्राउ


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????सर्लाहीको हजरियामा २४ वर्षीय एक युवकको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । गत चैत १२ गते हजरिया गाविस–४ का शैल सहनीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिनुभयो । सहनीको हत्या आरोपमा हजरिया–३ का २७ वर्षीय सन्तोष सहनी, ३७ वर्षीय सुरेश सहनी, हजरिया–४ का ४० वर्षीय बिजुली सहनी, २२ वर्षीय दिनेश सहनी, ४५ वर्षीय नारायण सहनी र हजरिया–१ का २६ वर्षीय मोहनकुमार सहनीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । हत्यामा संलग्न दुई भारतीय नागरिकसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचैजनालाई बुधबार सर्लाही जिल्ला अदालतबाट सात दिन म्याद लिई घटनाबारे थप अनुसन्धान गरिरहेको बस्नेतले बताउनुभयो । सहनीलाई नाङ्गो पारी आठजनाको समूहमा रहेका अभियुक्तले धारिलो हतियार रेटेर टाउको र शरीर छुट्याएका थिए । मृतक सहनीको टाउको त्यसै फालिएको अवस्थामा फेला परेको थियो भने शरीरको तल्लो भाग एकादशी खोला किनारमा गाडिएको अवस्थामा फेला परेको थियो । वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीसँग सम्पर्क गरी कामदार पठाउने तथा निर्माणसम्बन्धी ठेक्काको काम गर्ने मृतक सहनीलाई रिसइबीका कारण हत्या गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?