सिङ्गापुरका प्रधानमन्त्रीद्वारा पूर्व नेता ली क्वान युप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने कार्य रोक्न आग्रह


leeसिङ्गापुरका संस्थापक स्वर्गीय पिता ली क्वान युप्रति सम्मान गर्ने अनेकौँ प्रस्ताव आउन थालेपछि प्रधानमन्त्री ली सिङ लुङले सोमबार यस प्रकारको चिन्तन रोक्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ली स्वर्गीय नेताका जेठा छोरा हुनुहुन्छ । सिङ्गापुरका ख्यातिप्राप्त चाङी विमानस्थलको नाम स्वर्गीय नेता लीको स्मृतिमा परिवर्तन गर्न संसदमा प्रस्ताव आएपछि प्रधानमन्त्री लीले उक्त आग्रह गर्नुभएको हो । पूर्व नेता लीको मार्च २३ मा ९१ वर्षको उमेरमा देहावसान भएको थियो । सिङ्गापुरको प्रमुख संस्थाको नाम पनि लीको स्मृतिमा परिवर्तन गर्न तथा सिङ्गापुरको मुद्रा डलर तथा पेन्समा उहाँको तस्वीर राख्न पनि प्रस्ताव गरिएको छ । प्रधानमन्त्री लीले यी सबै राम्रा विचार भए पनि यस विषयमा उहाँको देहावसान भए लगतै छिटै निर्णय गर्नुनहुने बताउनुभयो । उहाँले यसका लागि केही समय बित्न दिनुपर्ने, यस विषयमा ध्यानपूर्वक शान्त भएर सोच्नुपर्ने र समयको परीक्षामा ठीक भएको कुरा स्वीकार गर्नुपर्ने बताउनुभयो । ली क्वान यु सन् १९५९ देखि १९९० सम्म सिङ्गापुरको प्रधानमन्त्री हुनुभएको थियो र उहाँले आफ्नो सानो नगर राज्यलाई बेलायतकालीन गरिब उपनिवेशबाट एसियाको सबैभन्दा धनी मुलुकमध्ये एक बनाउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?