नेपाली खेलकुद –२०७१ फर्केर हेर्दा


मुना कार्की र अनिल मल्ल ठकुरी

????????????????????????????????????????????????????????????????????अन्तर्राष्ट्रियस्तरका कुनै पनि प्रतियोगितामा उत्साहजनक प्रदर्शन गर्न नसकेको २०७१ सालको नेपाली खेलकुद विवाद, द्वन्द्व, भ्रष्टाचार र कारबाहीका शृङ्खलामा रुमलिन पुग्यो । जित, उत्साह र सनसनीपूर्ण नतिजाभन्दा पनि बढी खेलकुद सङ्घमा विवाद  र  आर्थिक अनियमितताको विषय बढी चर्चामा रह्यो । ।  हार र जितकै चर्चा गर्दा हरेक विवादित विषयमा खेल निकायमा रहेका व्यक्ति र खेल सङ्घका पदाधिकारीमाथि भ्रष्टचारको आरोप लागे त कतै उनीहरूको नैतिकतामाथि बारम्बार प्रश्न उठ्रिह्यो ।

खेलकुदमा लगानी

पहिलाको तुलनामा  खेलाडीको सेवा सुविधामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केही राम्रो प्रयास भने गरेको थियो । सरकारले यो वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई रु एक अर्ब ४६ करोड बजेट छुट्याएको थियो जसमा राखेपमा रु एक अर्ब २१ करोड निकासा भएको थियो । बाँकी रु २५ करोड बजेट खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ सिल्ड र युवा कार्यक्रमका लागि छुट्याएको थियो । राखेपमा निकासा भएको रु एक अर्ब २१ करोड बजेट विभिन्न किस्तामा आउने गर्छ  जसमा कर्मचारी तलब र भत्ताका लागि रु ३१ करोड, कार्यक्रम र खेलकुद प्रतियोगिताका लागि रु ११ करोड र बाँकी रु ७९ करोड निर्माण तथा पुँजीगत खर्चका लागि छुट्टयाइने गरेको राखेपका आर्थिक प्रशासन प्रमुख कमल खनाल बताउनुहुन्छ । खेलाडी र खेलका लागि मात्र प्रयोग भएका रु ११ करोडबाट धेरै आशा गर्न सकिने ठाउँ रहँदैन । राष्ट्रिय टोलीमा रहेका प्रत्येक खेलाडीका लागि राखेपले दिनको रु २५० भत्ता दिँदैै आएको थियो । थोरै लगानी र कमजोर संरचनाबीच पनि नेपाली खेलकुद र खेलाडीले मध्यम किसिमको प्रर्दशन गर्दै आइरहेका छन् । यसै वर्ष दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औँ एसियाडमा करातेकी विमला तामाङबाहेका अन्य खेलाडीको लगानी बालुवामा पानी हालेसरह हुन पुग्यो ।

सत्रौँ एसियाडमा विवाद र शून्य नतिजा

एसियाडमा नेपालले सहभागिता जनाउनुभन्दा अगाडि नै खेलकुदमा निकै विवाद उत्पन्न भयो । त्यसको एक मात्र कारण थियो युवा तथा खेलकुदमन्त्री र राखेपका सदस्यसचिवबीचको द्धन्द्व । द्वन्द्व यतिसम्म पुग्यो कि एसियाडका लागि दुई समिति त बने नै, झन्डै नेपालले एसियाडमा नै सहभागिता नजनाउने स्थितिसम्म पुग्यो ।  राज्यको रु आठ करोडभन्दा बढी एसियाडमा लगानी भएको अवस्थामा खेलकुदमा निकै तनावको स्थिति सिर्जना हुनु दुःखद् विषय बन्यो । एसियाडका लागि दुई सय पाँच खेलाडीलाई राज्यले सूचीकृत गरे तापनि सबै पदकविहीन रहे । सरकारले दिएको कुनै सेवासुविधा उपयोग नगरेकी कराते खेलाडी विमला तामाङले महिला एकल कातामा कास्य पदक जित्दै नेपाललाई पदकबिहीन हुनबाट बचाइन् । उनलाई प्रशिक्षण गराउने बालाजु कराते डो प्रतिष्ठानका प्रमुख प्रशिक्षक ध्रुवविक्रम मल्लले उनलाई एसियाडमा सहभागिता गराउन आफ्नो मोटरसाइकल धरौटी राखेको विषय निकै चर्चामा रह्यो ।

एन्फा अध्यक्ष भ्रष्टाचार आरोपमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा रहेको रु ५८ करोडको आर्थिक  अनियमितताको विषय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विश्व फुटबल महासङ्घ (फिफा) र संविधानसभाको सार्वजनिक लेखा समितिसम्म पुग्यो । एन्फा अध्यक्ष थापाप्रति आलोचक देखिएको लेखा समिति यो विषयमा अन्ततः मौन रह्यो भने थापाले अख्तियारबाट सफाइ पाउनुभयो । यसवर्ष फिफाले एन्फा अध्यक्ष थापालाई लामो समयदेखि लाग्दै आएको भ्रष्टाचारको आरोपमाथि छानविन गर्न केही समय निलम्बन गरेता पनि पछि थापालाई फिफाकै इथिक कमिटीले फुटबलबाट केही समयको लागि टाढा पु¥याएको थियो । सुरुआतमा १२० दिन फुटबल गतिविधिमा संलग्न नहुन थापालाई निर्देशन गरेको सो कमिटीले त्यो अवधि पूरा हुने बित्तिकै ९० दिनका लागि यसै खाले निर्देशन जारी ग¥यो ।

क्रिकेटलाई विश्व लिग डिभिजनको अवसर

नामिवियामा भएको आइसिसी प्रिमियर लिग डिभिजन दुईको खेलमा नेपाल चौथो स्थानमा रह्यो । विश्व क्रिकेट काउन्सिल (आइसिसी) ले पूर्व निर्धारित संरचना परिवर्तन ग¥यो । सजसका कारण लिगमा नेपालले चौथो स्थान हासिल गरे पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेको कारण दुई वर्षका लागि विश्व लिग डिभिजन खेल्ने अवसर प्राप्त ग¥यो ।

टेनिसमा आसलाग्दो नतिजा

यसवर्ष लनटेनिसअन्तर्गत जुनियर टेनिसमा भने केही सकरात्मक नतिजा हात पा¥यो । कतारमा भएको एसियन जुनियर टेनिसमा नेपाल तेस्रो स्थान हात पार्न सफल भयो । भियतनाममा भएको जुनियर प्रतियोगितामा एनी माथेमा सेमिफाइनलमा प्रवेश गरिन् । मलेसियामा भएको विश्व जुनियर एसिया ओसियाना समूहको खेलमा नेपालका इरा राउत र अल्सा रेग्मीको जोडी सेमिफाइनलमा प्रवेश ग¥यो । नेपालमा संरक्षक भूषण बज्राचार्य बढुवा हुँदै डिभिजन वानमा प्रवेश पाउन सफल भए ।

युवा गल्फर परियोजनाको सुरुवात

नेपालका व्यवसायिक गल्फरहरूले अन्तर्राष्ट्रिय सहभागितामा राम्रो प्रदर्शन गर्न नसके पनि एमेच्योर खेलाडीहरूको प्रदर्शनमा धेरै सुधार भए । २०७१ सालमा नेपालमा गल्फका केही अन्तर्राष्ट्रिय खेलहरू भए । नेपाल ऐमेच्योर खुला गल्फमा विकास बोगटी व्यक्तिगततर्फ उपविजेता भए भने नेटतर्फ अरुण तामाङ पहिलो भए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?