सोमालियामा संयुक्त राष्ट्र सङ्घको बसमा आक्रमण, १० कर्मचारीको मृत्यु
सोमालियाको दक्षिणपूर्वी सहर गरोवेमा सोमबार संयुक्त राष्ट्र सङ्घको एक बसमा आक्रमण हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा मारिएका छ व्यक्ति नै संयुक्त राष्ट्र सङ्घका कर्मचारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सो आक्रमणमा परी एक विदेशीसहित संयुक्त राष्ट्र सङ्घका १० कर्मचारी मारिएका प्रहरी अधिकारी अब्दुल्लाही मोहमेदले बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय कार्यालय नजिकै राष्ट्र सङ्घको एक मिनीबसमा सो बम जडान गरिएको विश्वास गरिएको छ । यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मा त लिएको छैन । तर सोमालीयाली अल कायदा आतङ्ककारी समूहसँग आबद्ध सेबाब आतङ्ककारी समूहले सरकारी अधिकारी र विदेशी सहयोगका लागि परिचालित कार्यकर्ताहरूमाथि नियमित रुपमा आक्रमण गर्दै आएका हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीले अनुमान गरेको बताइएको छ ।