क्रिकेट क्याप्टेन पारस खड्का भूकम्प पीडितको लागि राहत संकलनमा


0U2A0443नेप्लीज युथ एशोसिएसन अफ अष्ट्रेलिया नाया र नेपाली क्रिकेट संघ अष्ट्रेलियाको संयुक्त आयोजनामा सम्पन्न भएको च्यारिटी डिनर कार्यक्रमबाट करिब १२ हजार डलरभन्दा बढी नेपाली भूकम्प पीडितका लागि संकलन भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित अबर्नमा आयोजना गरिएको च्यारिटी डिनर र विभिन्न खेलकुदका सामग्रीहरुको लीलामीबाट उक्त रकम संकलन गरिएको हो । नेपाली क्रिकेट र अष्ट्रेलियन क्रिकेटको सम्बन्ध विस्तारका निम्ति यहाँ आउनुभएका नेपाली क्रिकेट क्याप्टेन पारस खड्काको भ्रमण अब भूकम्प पीडितलाई राहत संकलनमा केन्द्रित बनेको छ । उहाँले नेपाली क्रिकेट टिम स्वयंले पीडितहरुसम्म पुगेर संकलित राहत पुर्याउने संकल्प व्यक्त गर्नुभयो । कार्यक्रमको सुरुवातमा राष्ट्रिय टिमका क्याप्टेन पारस खड्काले व्याटिंग र एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले बलिंग गर्दै नेपालमा पीडितहरुको निम्ति राहत संकलन जस्तो पवित्र कार्य अर्को केही नभएको जनाउनुभएको थियो । कार्यक्रमका बोल्दै नायाका अध्यक्ष कोमल पाठकले नेपालमा भूकम्प पीडितको निम्ति अझै धेरै गर्ने लक्ष्य संस्थाले लिएको बताउनुभयो । यस्तै नेपाली क्रिकेट संघ अष्ट्रेलियाका अजय क्षेत्रीले मातृभूमिको निम्ति केही न केही सबैले देखाएको उत्साहको निम्ति धन्यवाद दिनुभएको थियो ।

paras6

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?