१० हजार मेट्रिक टन चामल बंगलादेशले दिने


bangladeshबंगलादेशका कृषिमन्त्री मतिया चौधरीले १० हजार मेट्रिक टन चामल नेपालका भूकम्प पीडितको निम्ति पठाउने बताउनुभएको छ । तत्कालै १० हजार मेट्रिक टन चामल पठाएपछि थप १० हजार मेट्रिक टन चामल त्यसको केही समयमा पठाउने प्रतिबद्धता पनि उनले जनाएका छन् । समग्रमा बंगलादेशले २० हजार मेट्रिक टन चामल पीडितहरुको निम्ति सहयोग गर्ने भएको हो । बंगलादेश दूतावासले एक विज्ञपित प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । त्यहाँका खाद्य मन्त्री क्वामरुल इस्लमले यस्तो घडीमा आपूmहरुले असल मित्रलाई सहयोग गर्नु कर्तव्य ठानेको पनि बताइन् । उनले भनिन्, सन् १९७१ मा हाम्रो स्वतन्त्रताको लडाईंमा नेपालले खेलेको भूमिकालाई हामीले जति गरे पनि बिर्सन सक्दैनौं । यसैबीच, २५ मेट्रिक टन विभिन्न राहतका सामग्री लिएका ट्रकहरु ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् । बंगलाबन्धु पूmलबारी पानीट्यांकी कांकरभिट्टा हुँदै यी ट्रक नेपाल आउनेछन् । जसमा ३ हजार कार्टुन ड्राईपूmल, फ्रुट जुस, ५ हजार कम्बल लगायत छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?