अध्ययन : हिप–हपले बिटल्स तथा स्टोन्सलाई छायाँमा पा¥यो
लोक सङ्गीतको क्षेत्रमा हिप–हपको आगमनले सन् १९६४ मा बिटल्सको नेतृत्वमा बेलायती अतिक्रमणलाई छायाँमा पारेको १७ हजार गीतमा गरिएको एक कम्प्युटर विश्लेषणमा देखिएको छ । यो असमान्य अध्ययनमा लोक सङ्गीतमा तीन क्रान्ति देखिएका छन् । सन् १९९१ मा ¥याप तथा हिप–हप मूल प्रवाहको रूपमा देखिएको छ । यसअघि सन् १९८३ मा सिन्थ–लिडले नयाँ अभियान सञ्चालन गरेको थियो । त्यसअघि बिटल्स, रोलिङ स्टोन, द हु तथा बेलायती रकरहरूले सन् १९६० मा प्रभाव जमाएका थिए । गीत लेखक जोन लेनोन तथा पल म्याकार्टनीको सहयोगमा बिटल्सले आलोचकको सबैभन्दा बढी प्रशंसा प्राप्त गरेका छन् । यसपछि अफ्रिकाको बामबाटा तथा जे–जी जस्ताका अग्रणीका सहयोगमा हिप–हप बढी प्रयोगमा आएको देखिएको छ । बुधबार सार्वजनिक भएको यो अध्ययन लन्डन विश्वविद्यालय तथा इम्पेरियल कलेजले गरेको हो । अनुसन्धानकर्ताहरूले सन् १९६० देखि २०१० सम्मका यु.एस. बिलबोर्डको लोगसङ्गीतका १७ हजार गीतका तीस सेकेन्डको भागमा विश्लेषण गरेका थिए । कम्प्युटर प्रोग्रामले प्रत्येक गीतलाई सङ्गीतका गुण, उपयोग भएको बाजा, सङ्गीतको स्वरूप तथा अन्य तत्वका आधारमा बर्गीकरण गरेको थियो । यस अनुसन्धानका नेता म्याथाइस माउचले यस वैज्ञानिक अनुसन्धानलाई केहीले अस्वीकार गरे पनि यसले अनुसन्धानको नयाँ भूमि दिने बताउनुभयो । अनुसन्धानकर्ताहरूले सन् १९८० को मध्यतिरको समयलाई यस अध्ययनमा सबैभन्दा स्थिर मानेका छन् र त्यस समयका सङ्गीतकारहरूले यस अध्ययनलाई मन नपराउने अनुमान गरिएको छ ।