पाकिस्तानी प्रधानमन्त्री तथा उच्च अधिकारी शान्ति वार्ताका लागि काबुलमा
पाकिस्तानी टेलिभिजनले प्रधानमन्त्री, मुलुकका प्रमुख कर्मचारी तथा सैनिक अधिकारीहरू काबुल आइपुगेको र उहाँहरूले दुई छिमेकीबीच दुबै मुलुकको सीमामा लडाकूविरुद्ध सङ्घर्षमा सहयोगका विषयमा छलफल गर्ने भएको जानकारी दिएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको निमन्त्रणामा उक्त भ्रमण भएको हो । पाकिस्तानी प्रतिनिधि मण्डलमा प्रधानमन्त्री नवाज सरिफ, सैनिक प्रमुख जनरल राहिल सरिफ तथा पाकिस्तानको गुप्तचर संस्थाका प्रमुख जनरल रिजवान अख्तर रहनुभएको बताइएको छ । सेनाले दुई मुलुकबीच शान्ति तथा विकासका समान मुद्दामा प्रगति हुने आशा व्यक्त गरेको छ । दुई मुलुकबीच यसअघि सम्बन्ध राम्रो नभए पनि तालिवानले पाकिस्तानी एक विद्यालयमा आक्रमण गरी प्रायः बालबालिका साथमा १५० व्यक्तिको हत्या गरेपछि दुई मुलुकबीच सहयोगको सम्बन्धमा सुधार भएको बताइएको छ ।