डेढ सयको म्याट्रेसलाई ५ सय ५० लिने व्यापारी पक्राउ
विपदको फाईदा उठाई कालोबजारी गर्ने काठमाडौँ महानगरपालिका–३४ कोटेश्वर बस्ने कैलाली धनगढी नगरपालिका बोहोराडाँडाका ३२ बर्षीय लोकराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्ताहरु विपदमा परेको विबशताको फाईदा उठाई शान्तिनगर गेटको खुल्ला सडकमा बसेर मंगलबार प्रतिमिटर १ सय ५० पर्ने म्याट्रेसलाई प्रतिमिटर ५ सय ५० रुपैयाँमा बेचिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । पाण्डेलाई कालोबजारी गरेको अपराध कसुरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा पठाइएको छ ।