सम्पदास्थलबाट भग्नावशेष हटाउन सुरु


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भूकम्पबाट क्षतिग्रस्त भएका पुरातात्विक महत्वका सम्पदास्थलबाट भग्नावशेष हटाउन थालिएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पुरातात्विक महत्वका संरचनाको भग्नावशेष हटाउन थालेको हो । उक्त टोलीले आजदेखि भीमसेन दरबार, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, पशुपतिनाथस्थित गोरख क्षेत्र, शङ्खमूलस्थित जगतनारायण मन्दिर, जयबागेश्वरी मन्दिर, पाटनस्थित भुःक्षे घर, बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरको फसिदेवल क्षेत्र र बालाखु मन्दिर एवम् चाँगुनारायण मन्दिरका भग्नावशेष हटाउन थालेको हो । भग्नावशेष हटाउने तथा क्षतिग्रस्त स्थलको सरसफाइका क्रममा त्रिपुरेश्वरस्थित नारायण मन्दिरबाट पाँच बोरा रुद्राक्ष निकालेर पुरातत्व विभागको रोहवरमा छाउनीमा भण्डारण गरिएको नेपाली सेनाले जनाएको छ । भूकम्प प्रभावित विभिन्न स्थानमा परिचालन भएका मित्रराष्ट्रका सैनिक चिकित्सा टोलीले हालसम्म २४ हजार ६४ जनाको उपचार गरेका, वीरेन्द्र सैनिक अस्पतालमा मात्र एक हजार १८१ जनाको उपचार भएको तीन सय १३ जनालाई हेलिकोप्टरबाट उद्धार गरी उक्त अस्पताल ल्याइएको छ ।
महामारी नियन्त्रण टोली तैनाथ
सेनाले चीनको संयोजकत्वमा रहेको महामारी नियन्त्रण टोलीले भक्तपुर जिल्लाको कमलबिनायक तथा महेश्वरी ईलाका एवम् वीरेन्द्र अस्पतालमा महामारी नियन्त्रण र खतरा मुल्याङ्कन कार्यक्रम सञ्चालन गरेको छ । साथै महामारी तथा सङ्क्रमण फैलन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा ‘स्प्रे टिम ’ तैनाथ गरेको छ । नेपाली सेनाले भूकम्प प्रभावित गोरखा, धादिङ, दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा राहत सामग्री पु¥याउनका साथै गोरखामा अलपत्र परेका छ जना तथा दोलखाबाट चार जनालाई उद्धार गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?