माओवादीको कार्यकर्ताले कुटे पत्रकार सम्मेलनमा युवा उद्धारकर्तालाई


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????विप्लब नेतृत्वको माओवादीको पत्रकार सम्मेलनमा उद्धारकर्तालाई कुटिएको छ । राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भनेर कसैले टिप्पणी गरेपछि त्यहाँ रहेका कार्यकर्ताले अन्धाधुन्ध विभिन्न तीन युवालाई कुटपिट गरेका छन् । काठमाडौंका चोकहरुमा उद्धारमा खटिएका ति युवाहरुले विप्लबले जेठभित्र उद्धारका लागि आएका सेना फिर्ता जान अल्टिमेटम दिइरहेका थिए । यसैबेला एक युवाले प्रश्न सोध्ने प्रयास गरेपछि माओवादीहरु आक्रामक रुपमा प्रस्तुत भएका थिए । यसरी कुटाई खाने युवा न्यूरोडका सुदिप कुँवर भएको खुलेको छ । प्रहरीले उनलाई तत्कालै अस्पताल लगेको थियो । अस्पतालमा सञ्चारकर्मीसँग कुरा गर्दै कुँवरले अरु नै कसैले प्रश्न सोध्न खोजेपछि त्यहाँ उभिएका तीनजनामाथि माओवादी कार्यकर्ता आइलागेका थिए । नेताहरुले पनि छुटाउने या बचाउन कुनै प्रयत्न गरेनन् । उनले माओवादी गुण्डाहरुले आपूmलाई अनाहमा कुटेको प्रतिक्रिया दिएका छन् । यत्रो दिन भूकम्पमा जाँदा हामी नै ठाउँ ठाउँ पुगेर उद्धार गरेका थियौं । तर, अहिले दलका नेताकै अघि यसरी कुटाई खाइयो, उनको प्रतिक्रिया छ । यता कुटाकुट भएपनि विप्लबले पत्रकार सम्मेलन भने जारी राखे । उनले भूकम्पपीडितलाई सहयोग गर्न डेढ महिने ‘राहत तथा उद्धार अभियान’ सञ्चालन गर्ने उद्घोष गरे । सो पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न खुलामञ्चमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव नेत्रविक्रम चन्दले अभियानका क्रममा भूकम्प अति प्रभावित १७ जिल्लामा केन्द्रीय सदस्यको नेतृत्वमा नेता, कार्यकर्ता, पार्टी जनवर्गीय सङ्गठनका सदस्य र पाँच हजार युवा जनस्वयंसेवक सम्मिलित टोली परिचालित गरिने जानकारी दिनुभयो । महासचिव चन्दले वर्षा अगावै बस्ने ठाउँको निर्माण गर्नु अहिलेको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिँदै भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपलाई समेत मध्यनजर गरी आवासीय नीति बनाई बसोबासको व्यवस्था गर्नुपर्ने बताउनुभयो । राहत सामग्री वितरणमा असमानता र अनियमितता भएको भन्दै सबै पार्टी, सङ्घसंस्था, सङ्गठनहरू सम्मिलित सर्वपक्षीय प्रकोप उद्धार समिति बनाउनुपर्ने माओवादीले माग गरेको छ । माओवादीले भूकम्पलगत्तै पार्टीका युवा राहत तथा उद्धारमा सक्रिय भएको र सो क्रममा २०० भन्दा बढी घरटहरा निर्माणमा सहयोग गर्नुका साथै ५०० बोरा चामललगायत राहत सामग्री वितरण गरेको जानकारी दिइयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?