शनिबार मेलबर्नमा किराँत फेष्टिभल, संकलित रकम भुकम्प प्रभावितलाई, कन्सुलेट अफिसमा शोक पुस्तिका


kirat festivalमेलबर्नमा आगामी २३ मे शनिबारका दिन किराँत फेष्टिभल आयोजना हुने भएको छ । प्रकृतिको पूजा गरौं भन्ने नाराका साथ हुन लागेको यस पटकको महोत्सवबाट संकलित सबै रकम नेपालमा भूकम्प पीडितहरुलाई सहयोग गरिने भएको छ । शनिबार दिउँसो १२ बजेबाट सुरु हुने महोत्सव स्थानीय लोवर टेरेशस्थित विररंग मार पार्कमा हुने कार्यक्रमको आयोजना किराँत समाज भिक्टोरियाले गरेको हो । यसैबीच, महावाणिज्यदूतको कार्यालयले भिक्टोरियाको मेलबर्नस्थित आफ्नो कार्यालयमा नेपालमा भएको अपूरणीय क्षति र ८ हजारभन्दा बढीको अकालमा ज्यान गएको यो दुःखद घडीमा समवेदना दिन र श्रद्धाञ्जली अर्पण गर्न शोक पुस्तिका राख्ने कामलाई निरन्तरता दिएको छ । अझै पनि त्यहाँ गएर मेलबर्नमा रहेका अन्य समूदायका सदस्यहरु, सरकारी निकायका प्रतिनिधिहरु र नेपाली समूदायका सदस्यहरुले भावपूर्ण श्रद्धाञ्जलीका शब्दहरु लेख्ने गरिरहेका छन् । अझै केही समय शोक पुस्तिकालाई त्यहाँ राखिने महावाणिज्यदूतको कार्यालयले जनाएको छ ।melbourne candle 5 यसअघि गत मे २ तारिखका दिन महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली संघ भिक्टोरियाका साथै अन्य विभिन्न संघ संस्थाको पहलमा दिप प्रज्वलन कार्यक्रम स्थानीय फेडेरेशन स्क्वाएरमा आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?