भूकम्पले आक्रान्तको घरमा चोरी गर्ने २३ जना पक्राउ
भूकम्पले जनजीवन अस्तव्यस्त पारेको मौका छोपेर काठमाडाँै उपत्यकाभित्र चोरी एवम् लुटपाटमा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ । चोरी नियन्त्रण एवम् अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखाले महानगरीय प्रहरी परिसरसँगको समन्वयमा सुरु गरेको संयुक्त अभियानका क्रममा ४५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएकामा २२ जनालाई सोधपुछ तथा प्रारम्भिक अनुसन्धानपश्चात् छाडिएको र २३ जनाविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, नगदलगायत सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
टीभीका साहुजी ठग
राजधानीको नयाँ सडकस्थित रिनाउन्ड बहुमुखी सहकारी संस्था लिमिटेडमा २०६५ सालदेखि निर्देशक एवम् कोषाध्यक्षको रुपमा रहेका मनोजभक्त श्रेष्ठलाई निक्षेपकर्ताको रु १४ करोड हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ । अभियुक्तलाई पाँच वर्षपछि मङ्गलबार थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजले म्याग्दी ज्यामरुककोटका रेवती रमणजी मल्ललाई रु २३ लाख ठगेको अनुसन्धानबाट पुष्टिभएको छ । अभियुक्तले रु एक करोड ५० लाखमा तराई टेलिभिजन खरिद गरी सञ्चालक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।््