महावाणिज्यदूत योञ्जनलाई मोनाकोका समकक्षीले हस्तान्तरण गरे सहयोग
भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनमार्फत मोनाकोका समकक्षी एन्ड्रयू क्यानोनले नेपालका भूकम्प पीडितलाई ४ हजार अष्ट्रेलियन डलर हस्तान्तरण गर्नुभएको छ । महावाणिज्यदूतको कार्यालयमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्न आइपुग्नुभएका भिक्टोरियाका लागि मोनाकोका महावाणिज्यदूतले उक्त सहयोग राशी हस्तान्तरण गर्नुभएको हो । यसक्रममा महावाणिज्यदूत योञ्जनले नेपालमा दोश्रो पटक गत मे १२ तारिख गएको भूकम्पले उद्धार, राहत कार्यलाई थप प्रभावित तुल्याएको जानकारी गराउनुभएको थियो । साथै उहाँले सहयोगका कार्यक्रमहरुलाई अझ तिव्रता दिन आवश्यक रहेको पनि बताउनुभयो । प्रत्युत्तरमा महावाणिज्यदूत क्यानोनले आपूmले पनि भूकम्प पीडितको सहयोगका लागि थप प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत योञ्जन यतिबेला कुटनीतिक वृत्तमा नेपालका भूकम्प पीडितका लागि सहयोग जुटाउने अभियानमा हुनुहुन्छ ।