मन्त्री शेर्पाको सपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले गराए
राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री कोइरालाले नेकपा (एमाले) को सिफारिसमा सभासद् शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गर्नुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको उपस्थिति थियो ।