न्यू साउथ वेल्सका सांसदहरुबीच नेपाल सहयोग जमघट, १७ हजारभन्दा बढी सहयोग संकलित


aaa अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यका सांसदहरुलाई नेपालको वर्तमान अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार साँझ न्यू साउथवेल्स संसद भवनमा रहेको स्ट्रेन्जर्स फंक्सन रुममा आयोजना गरिएको कार्यक्रमबाट १७ हजारभन्दा बढी अष्ट्रेलियन डलर संकलन गरिएको छ भने थप प्रतिबद्धता पनि आएको छ । कार्यक्रममा नेपाली समूदायका अग्रजहरु र न्यू साउथवेल्सका संसद सदस्यहरुको उपस्थिति थियो । कार्यक्रमको आयोजना न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का र सांसद मार्क कुर्रेले संयुक्त रुपमा गर्नुभएको हो । कार्यक्रमको सञ्चालन नेपालमा ५० पटकभन्दा बढी भ्रमण गरिसकेका क्रिस वाकरले गरेका थिए । सुरुवातमा नेपाली समूदायका अगुवा शमशेर थापाले नेपाल कठीन मोडमा सबैको साथ र सहयोbbbग खोजीरहेको बताउनुभएको थियो । यस्तै संक्षिप्त मन्तव्य दिँदै आयोजकमध्येका एक सांसद मार्क कुर्रेले यो कठीन घडीमा सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो । यस्तै महावाणिज्यदूत खड्काले यस कार्यक्रमबाट संकलित रकमलाई दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिनुभयो । कार्यक्रममा एनआरएन सचिव रञ्जु थापाले राहत वितरणको अनुभव सुनाउनुभएको थियो । एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जुनसुकै माध्यमबाट नेपालमा रकम गएपनि त्यसले पीडितलाई मल्हम नै लगाउने भएकोले एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । एनआरएन संरक्षक ईन्द्रा वनले सबैलाई धन्यवाद दिनुभएको थियो । नेपालीबाहेकका अन्य समूदायबाट समेत प्राप्त सहयोग र सद्भाव अमूल्य रहेको उहाँको भनाई थियो । कार्यक्रममा सांसदहरुMark Coure, Jonathan O’dean, Courtney Houssos, Melanie Gibsons, Jodie Harison, Sophie Costsis, Jodi Mckay, Scott Farlow सहभागी हुनुहुन्थ्यो । पछिल्लो अष्ट्रेलिया सरकारले नेपालमा गरेको सहयोगलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । cccकार्यक्रममा सहभागीमध्येका एक डिला खरेलले १७ हजारभन्दा बढी रकम सहभागी र अक्सनबाट उठाइएको, बाँकी प्रतिबद्धताहरु पनि संकलन हुने क्रममा रहेको जानकारी एमएनटीभीलाई दिनुभयो । राज्य सरकारहरु र संसदलाई पनि नेपालको वित्तिको विषयमा जानकारी गराउन यस किसिमका कार्यक्रम निकै सहयोगी सावित हुने अनुमान गरिएको छ । उपस्थित सांसद र समूदायका प्रतिनिधिकाबीच एमएनटीभीले तयार पारेको नेपालको भूकम्पसम्बन्धी भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो ।

IMG_1417

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?