पाचौं कार्यकालका लागि सेप ब्लाटर फिफा अध्यक्षमा निर्वाचित, मतदानअघि भनेका थिए विश्व राजनीतिले फुटबललाई फोहोरी बनाइदियो


fifa sep blatterसेप ब्लाटर पाचौं पटक फुटबलको विश्व संस्था फिफाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा दुई तिहाई ल्याउन नसकेपछि दोश्रो चरणको मतदान हुँदै गर्दा उनका प्रतिद्वन्द्वी जोर्डनका राजकुमारले आफ्नो उम्मेद्वारी फिर्ता गर्दा उनी निर्विरोध भएका हुने । यसअघि आउँदा दुई विश्वकप फुटबल खेल रसिया तथा कतारमा आयोजना हुने भनी फिफाको व्यवस्थापन निकायले निर्णय गर्नु नै यस खेलको इतिहासमा देखिएको सबैभन्दा नराम्रो भ्रष्टाचारसम्बन्धी सङ्कटका कारण भएको यस संस्थाका अध्यक्ष सेप ब्लाटरले बताएका थिए । फिफाको अध्यक्ष पदको निर्वाचन हुनु निकै अगाडि ब्लाटरले फिफाको महासभाको बैठकलाई सम्बोधन गरे । अमेरिकी तथा स्विजरल्यान्डका अधिकारीहरूले फिफामा भ्रष्टाचारसम्बन्धी छुट्टै अनुसन्धान गरिरहेको समयमा उहाँले आफ्नो पदबाट राजीामा दिन अस्वीकार गर्नुभएको थियो । सन् २०१८ मा विश्वकप फुटबल खेल आयोजना गर्न रसियालाई र सन् २०२२ को खेल आयोजना गर्न कतारलाई सन् २०१० मा छनौट गरिएको थियो । त्यस समयमा पनि यस्तो निर्णय गर्दा गल्ती भएको भनी व्यापक रूपमा आरोप लागेको थियो । ब्लाटरले यदि अन्य दुई मुलुक छनौट भएको भए आज यी समस्या नदेखिने आफूले ठानेको बताउनुभयो । उहाँले आफूहरू पछाडि जाननसक्ने र ज्योतिष पनि नभएको बताउनुभयो । उहाँले के भएको थियो भन्ने कुरा पनि बताउननसक्ने जानकारी दिनुभयो । सन् २०२२ को विश्वकप खेल आयोजना गर्न चाहने र असफल हुने मुलुकमा अमेरिका पनि परेको छ । सन् १९९० को दशकसम्म घुस लिएको, ठगी गरेको, धोका दिएको तथा मुद्रा निर्मलीकरण गरेको आरोपमा १४ व्यक्तिमाथि अमेरिकी अधिकारीहरूले बुधबार अभियोग दर्ता गराएका छन् । यीमध्ये फिफाका वर्तमान दुई उपाध्यक्षका साथमा सात अधिकारीहरूलाई जुरिकामा बुधबार पक्राउ गरिएको थियो । दुई फौजदारी अनुसन्धानले ब्लाटरको १७ वर्षीय अध्यक्ष पदको कार्यकालमा नयाँ छायाँ परेको छ । फिफाका २०९ सदस्य मुलुकले शुक्रबार ७९ वर्षीय ब्लाटरलाई अध्यक्ष पदमा कायम गर्छन् वा जोर्डनका राजकुमार अली बिन अल–हुसेनलाई निर्वाचित गर्छन् भनी निर्णय गर्नेछन् । निर्वाचन अगाडि नाटकीय परिस्थिति देखिएकाले युईएफएका अध्यक्ष मिसेल प्लाटिनीले ब्लाटरलाई तत्कालै राजीनामा दिन आग्रह गर्नुभएको थियो । ब्लाटरले यसलाई अस्वीकार गर्नुभएको छ । शुक्रबार बिहानको सम्बोधनमा ब्लाटरले भएका सबै कुराका लागि फिफाका अध्यक्ष जिम्मेवार भएको कुरा स्वीकार गर्न आफूले चाहेको तर आफूले त्यो जिम्मेवारी सबैका साथ साझेदारी गर्न चाहेको बताउनुभयो । उहाँले फुटबलमा प्रत्येक व्यक्तिलाई निरन्तर रूपमा सुपरिवेक्षण गर्न र सबैलाई नैतिक रूपमा व्यवहार गर्न भन्न नसकिने बताउनुभयो । उहाँले फिफाको सम्मान पुनः निर्माण गर्न केही समय लाग्ने बताउनुभयो । उहाँले बुधबारको घटनाले एउटा आँधी ल्याएको र यो महासभा नै हुन्छ वा हुँदैन वा विषयवस्तुमा परिवर्तन हुन्छ भनी प्रश्न गरिएको बताउनुभयो । उहाँले अगाडि बढ्नका लागि एकता तथा समूहगत भावनाका लागि आग्रह गर्नुभयो । उहाँले यस्तो काम सजिलो नभए पनि यसैका लागि सबै भेला भएको बताउनुभयो । अध्यक्ष पदको गोप्य मतदानमा जित्न ब्लाटर वा राजकुमार अलीलाई दुई तिहाइ मत आवश्यक पर्छ । यसो नभएमा दोस्रो चरणको मतदानमा साधारण बहुमत भए पुग्छ । दोस्रो चरणको मतदान भएमा ब्लाटरका आलोचकका लागि विजयको सङ्केत देखिनेछ । महासभालाई ब्लाटरको उद्घाटन सम्बोधनका समयमा प्यालेस्टाइन समर्थक एक कार्यकर्ताले रातो कार्ड देखाएर जातियवादप्रति रातो कार्ड भनी चिच्याएका थिए । यी कार्यकर्ताले इजरायली सेनाले प्यालेस्टाइनी खेलाडीलाई पक्राउ गर्ने कुराको विरोधमा ध्यानाकर्षण गर्न चाहेको बताइएको छ । ब्लाटरले सुरक्षा समूहलाई आग्रह गरी सभाकक्षमा प्रवेश बिन्दुलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?