रकडेलको पार्क सरसफाईमा जुटे अभिभावकहरु


IMG_1522 IMG_1440 IMG_1506ईथनिक कम्युनिटी काउन्सिल एनएसडब्लु र सेन्ट जर्ज माइग्रेन्ट रिसोर्स सेन्टरको आयोजनामा कुक्स रिभर संरक्षण आयोजना अन्तर्गत नेपाली अभिभावकहरुले सफाई कार्यक्रम गरेका छन् । शनिबार शनिबार बाई सेन्टिनियल पार्कमा रहेको सहायक नदी र त्यस वरपरको भागमा सफा गरी नदी सफाई अभियानलाई सहयोग गरेका हुन् । विभिन्न आठवटा नगर हुँदै बग्ने यो नदीको संरक्षण अभियान चलिरहेको छ । त्यस वरपर बसोबास गर्ने आप्रवासीहरुका निम्ति नदी संरक्षणबारे जनचेतना जगाउने कार्यक्रम भइरहेको छ । यसअघि, नदीको विषयमा परिचयात्मक सत्र सञ्चालन गरिएको थियो । सफाई कार्यक्रमका लागि क्लिनअप अष्ट्रेलियाले सरसफाई सामग्री उपलब्ध गराएको थियो भने रकडेल काउन्सिलले संकलित फोहर विसर्जन गरेको थियो । सेन्टजर्ज माइग्रेन्ट रिसोर्स क्लब रिफ्रेन्स ग्रुपका चुडामणि बेल्बासे, अभिभावकहरुको तर्फबाट नानीबाबु बर्तौला, पत्रकार चिरञ्जीवी देवकोटा, स्थानीय व्यवसायी युवराज भट्टराई लगायत ४० अभिभावकहरु सहभागी हुनुहुन्थ्यो । यसको संयोजन नेपाली सामूदायिक कार्यकर्ता एवं पत्रकार ऋषि आचार्यले गर्नुभएको हो । बाई सेन्टिनियल पार्कमा त्यस वरपर कोग्रा, हर्सट्भिल, रकडेल क्षेत्रमा बसोबास गर्ने अभिभावकहरुले विभिन्न कार्यक्रम गर्दै आउनुभएको छ । आफूले उपयोग गर्ने ठाउँको सफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने उहाँहरुले प्रतिक्रिया दिनुभएको छ । अष्ट्रेलियामा आएर पनि सामूहिक सफाई कार्यक्रमका सहभागी हुन पाएकोमा उहाँहरुले खुशी व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?