संविधान लेखनदेखि पुननिर्माणसम्मको नेतृत्व लिन एमाले तयार रहेको अध्यक्ष ओलीको भनाई


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणदेखि पुनःनिर्माण तथा पुनःस्थापनासम्मको जिम्मेवारी लिन एमाले तयार भएको बताउनुभएको छ । मानवीय आस्था नेपालले भक्तपुर नगरपालिका क्षेत्रमा जस्ताले निर्माण गरेको अस्थायी घरटहरा भूकम्पपीडितलाई हस्तान्तरण गर्दै उहाँले भूकम्पपीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न एमाले जुटिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेले मात्रै १० हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरेर अस्थायी बसोबासको काममा जुटेको छ ।” उद्योगमन्त्री महेश बस्नेतले मधेसदेखि कर्णालीसम्मबाट भूकम्पपीडितका लागि आएको सहयोगबाट सिङ्गो नेपाल एक रहेको सन्देश दिएको बताउनुभयो । भूकम्पको शोकलाई अब जनताले शक्तिमा बदलेर भत्किएका संरचना बनाउने र सम्पदाको जोगाउन लाग्नुपर्ने औँल्याउँदै मन्त्री बस्नेतले भन्नुभयो, “देशले संविधान निर्माणदेखि नेपालको पुनःनिर्माणसम्मको जिम्मेवारी पूरा गर्नसक्ने राजनेता खोजेको छ, त्यसलाई पूरा गर्न अब अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्छ ।” मानवीय आस्था नेपालले भक्तपुर नगरपालिकाभित्र जेँला–२ मा ५६, वडा नं ६, ७ र ८ मा २९, वडा नं ११ मा ६, १२ मा १७, १३ मा १०, १४ मा ४८, १६ मा ४५, १७ मा १२ वटा गरी ३३५ वटा घर टहरा आज हस्तान्तरण गरेको संस्थाका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । संस्थाले योसँगै अनन्तलिङ्गेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिकासमेत गरी ४५० वटा घर टहरा हस्तान्तरण गरेकामा अब दुई हजार घर टहरा बनाएर हस्तान्तरण गर्ने जनाएको छ । कार्यक्रममा श्रीभक्त ब्याड्मिन्टन क्लबका अध्यक्ष श्रीभक्त कासिछ्वासहितको टोलीबाट रु दुई लाख, अध्यक्ष ओलीको श्रीमती राधिका शाक्यबाट रु ५० हजार र अन्य दाताबाट रु एक लाख गरी रु तीन लाख ५० हजार हस्तान्तरण गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?